काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा गर्भपतन गराएकी एक जना महिलाको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका–४ ताराबारीका युवराज राईकी पत्नी ४० वर्षीया कल्पना राईको आइतबार बिहान मृत्यु भएको हो ।
कल्पनालाई परिवारले गत शुक्रबार बिहान गर्भपतन गराउन भन्दै अस्पताल भर्ना गरेका थिए । अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा भर्ना गरिएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा। रविकुमार साहका अनुसार सुरुमा आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको अवस्था गम्भीर रहेका कारण उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान परिवारलाई भनिएको थियो । तर, पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण परिवारका सदस्यले अन्यत्र लैजान नसक्ने बताएपछि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमै उपचार सुरु गरिएको उनको भनाइ छ ।
‘अस्पताल भर्ना हुँदा अत्यधिक रक्तश्राव भइरहेको थियो । त्यसलाई रोक्न र गर्भभित्रको बच्चा निकाल्न शल्यक्रिया गरियो,’ डा. साहले भने, ‘तर, रक्तश्राव रोकिएन । बिरामीको स्वास्थ्य अवस्था झन् खराब हुँदै गएपछि थप उपचारका लागि रेफर गरियो ।’ परिवारका सदस्यले थप उपचारका लागि शनिबार राति १२ बजेतिर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । उपचारकै क्रममा आइतबार बिहान ३ः४० बजेतिर महिलाको मृत्यु भएको जनाइएको छ ।
डा. साहका अनुसार अस्पताल भर्ना हुनुअघि गर्भपतनका लागि कुनै औषधि सेवन गराएका कारण रक्तश्राव भएको हुनसक्छ । ‘अस्पताल भर्ना हुँदा अत्यधिक रक्तश्राव भएर बिरामीको अवस्था गम्भीर थियो,’ उनले भने, ‘गर्भपतन गराउनका लागि बाहिरै कुनै औषधि सेवन गराएकाले त्यस्तो अवस्था आएको हुनसक्ने अनुमान गरिएको छ ।’ बच्चा बाहिर निकाल्न एवं रक्तश्राव रोक्न गरिएको शल्यक्रिया सफल नभएको र रगत झन् धेरै बगेपछि थप उपचारका लागि अन्यत्र रेफर गर्नु परेको उनको भनाइ छ । महिलाको २२ देखि २४ हप्ताको गर्भ रहेको हुनसक्ने उनले बताए ।
यसैबीच, परिवार र आफन्तले महिलाको शव मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरअगाडि लगेर राखेका छन् । चिकित्सकको लापरबाहीले घटना भएको भन्दै उनीहरुले नाराबाजी र प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका हुन् । माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
अस्पतालमा आन्दोलन सुरु भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनैपनि अप्रिय घटना हुन नदिन र स्थितिलाई नियन्त्रणमा राख्न अस्पतालभित्र तथा बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । समस्या समाधानका लागि अस्पताल प्रशासन र पीडित पक्षबीच समन्वय गराउने प्रयास भइरहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - ०९:४०
आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेश...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार...
बैशाख ५ गते, २०८३ - ०९:३३
हेटाैंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक ...
बैशाख ५ गते, २०८३ - ०९:१५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख ५ गते, २०८३ - ०९:१३
काठमाडौँ । नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द राम चेपाङले चेपाङ बसोबास भएको ३ जिल्लाको भूगोल गाभेर नयाँ गाउँपालिका बनाउन प्रस्ताव गरेका छन् । उनले च...
बैशाख ५ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि शनिबार पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् ...
बैशाख ५ गते, २०८३ - ०९:०५
आधा सिलिन्डर नीति र बिजुलीमा बढ्दो निर्भरता बीच उद्योगीको चिन्ता
बैशाख ५ गते, २०८३ - ०९:००
गाेरखा । गोरखामा उद्योग तथा व्यापार दर्ताभन्दा खारेजीको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। जिल्लामा नयाँ उद्योग तथा व्यापार दर्ता ...
बैशाख ५ गते, २०८३ - ०८:५६
काठमाडौं । काठमाडाैं महानगरपालिकाले प्राचीन सहरी बस्ती Asan को मौलिकता जोगाउने उद्देश्यसहित आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। अब हरेक श...


प्रतिकृया लेख्नुहोस्: