काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा गर्भपतन गराएकी एक जना महिलाको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका–४ ताराबारीका युवराज राईकी पत्नी ४० वर्षीया कल्पना राईको आइतबार बिहान मृत्यु भएको हो ।
कल्पनालाई परिवारले गत शुक्रबार बिहान गर्भपतन गराउन भन्दै अस्पताल भर्ना गरेका थिए । अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा भर्ना गरिएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा। रविकुमार साहका अनुसार सुरुमा आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको अवस्था गम्भीर रहेका कारण उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान परिवारलाई भनिएको थियो । तर, पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण परिवारका सदस्यले अन्यत्र लैजान नसक्ने बताएपछि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमै उपचार सुरु गरिएको उनको भनाइ छ ।
‘अस्पताल भर्ना हुँदा अत्यधिक रक्तश्राव भइरहेको थियो । त्यसलाई रोक्न र गर्भभित्रको बच्चा निकाल्न शल्यक्रिया गरियो,’ डा. साहले भने, ‘तर, रक्तश्राव रोकिएन । बिरामीको स्वास्थ्य अवस्था झन् खराब हुँदै गएपछि थप उपचारका लागि रेफर गरियो ।’ परिवारका सदस्यले थप उपचारका लागि शनिबार राति १२ बजेतिर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । उपचारकै क्रममा आइतबार बिहान ३ः४० बजेतिर महिलाको मृत्यु भएको जनाइएको छ ।
डा. साहका अनुसार अस्पताल भर्ना हुनुअघि गर्भपतनका लागि कुनै औषधि सेवन गराएका कारण रक्तश्राव भएको हुनसक्छ । ‘अस्पताल भर्ना हुँदा अत्यधिक रक्तश्राव भएर बिरामीको अवस्था गम्भीर थियो,’ उनले भने, ‘गर्भपतन गराउनका लागि बाहिरै कुनै औषधि सेवन गराएकाले त्यस्तो अवस्था आएको हुनसक्ने अनुमान गरिएको छ ।’ बच्चा बाहिर निकाल्न एवं रक्तश्राव रोक्न गरिएको शल्यक्रिया सफल नभएको र रगत झन् धेरै बगेपछि थप उपचारका लागि अन्यत्र रेफर गर्नु परेको उनको भनाइ छ । महिलाको २२ देखि २४ हप्ताको गर्भ रहेको हुनसक्ने उनले बताए ।
यसैबीच, परिवार र आफन्तले महिलाको शव मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरअगाडि लगेर राखेका छन् । चिकित्सकको लापरबाहीले घटना भएको भन्दै उनीहरुले नाराबाजी र प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका हुन् । माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
अस्पतालमा आन्दोलन सुरु भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनैपनि अप्रिय घटना हुन नदिन र स्थितिलाई नियन्त्रणमा राख्न अस्पतालभित्र तथा बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । समस्या समाधानका लागि अस्पताल प्रशासन र पीडित पक्षबीच समन्वय गराउने प्रयास भइरहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: