Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

काेशी प्रदेशमा संसद् छलेरै आयो ३६ अर्बको बजेट

खबरडबली संवाददाता

विराटनगर । अन्ततः चल्दाचल्दैको प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेर कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याइछाडेको छ । संवैधानिक प्रावधान नमिच्न र प्रदेशसभामार्फत नै बजेट ल्याउन विपक्षीले गरेको खबरदारीको वेवास्ता गर्दै सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेट अध्यादेशबाट ल्याएको हो ।

क्षेत्र विकासका नाममा प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदलाई दुई –दुई करोड र समानुपातिक सांसदलाई एक – एक करोड रुपैयाँ वितरण गर्ने घोषणासहित कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको हो ।

बुधबार प्रदेशको अधिवेशन अन्त्य गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले विहीबार बजेट सार्वजनिक गरेका हुन् । आर्थिक मामिला मन्त्रालयमा आयोजित कार्यक्रममा बजेट पेश गरेका मुख्यमन्त्री कार्कीको प्रदेससभामै बजेट पेश गर्नेे धोको भने अधुरै रहयो ।

सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

अध्यादेश मार्फत ल्याइएको आर्थिक वर्ष २०८०–०८१ को बजेटको आकार अघिल्लो वर्षभन्दा घटेको छ । यसपटक सरकारले ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ ।

अल्पमतमा परेर असार १५ भित्र विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेको सरकारले आफू विदा हुने बेलामा सर्वत्र आलोचित सांसद विकास कोषलाई उच्च प्राथमिकता दिएको छ । सांसदहरुलाई ठेकेदार बनाउने भन्दै यस्तो कोषको सबैले आलोचना गरिरहेका बेला अल्पमतको सरकारले सांसदहरुलाई पैसा बाँडने योजना अघि सारेको हो ।

यसअघि पनि प्रदेशमा सांसदहरुलाई पैसा बाँडिएको थियो । सुरुमा प्रत्यक्षमा निर्वाचितलाई एक –एक करोड र समानुपातिकलाई ५० लाख दिने व्यवस्था थियो । पछि एक –एक करोड बनाइएको थियो । यसपटक त्यसको आकार बढाएर प्रत्यक्षलाई दुई करोड र समानुपातिकलाई एक –एक करोड दिइने भएको हो ।

कोशीमा ९३ जनामध्ये ५६ जना प्रत्यक्ष निर्वाचित सांसद छन भने ३७ जना समानुपातिक सासद छन् । अब प्रत्यक्ष निर्वाचितले १ अर्ब १२ करोड रकम पाउनेछन् भने समानुपातिकबाट छानिएकाले ३७ करोड पाउनेछन् । यसरी प्रदेशमा सांसदहरुलाई मात्रै वार्षिक १ अर्व ४९ करोड रकम वितरण हुनेछ ।

प्रदेशले ल्याएको बजेटमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ । स्रोततर्फ राजस्व ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, वित्झसमानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकि अपुग रकममा वचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रहेको छ । बजेटमा कृषि क्षेत्रमा २ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले उद्योग क्षेत्रमा ४३ करोड २३ लाख बजेट विनियोजन गरेको छ । यस्तै सडक पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ करोड विनियोजन गरेको छ । खानेपानी, सिंचाई तथा उर्जा क्षेत्रको लागि ५ अर्ब ४३ करोड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन हुँदा शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ करोड बजेट छुट्टयाइएको छ ।

यसैगरी वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ करोड, सुशासनतर्फ ९७ करोड बजेट विनियोजन भएको छ । चालू बजेट ८५ प्रतिशत खर्च हुने अनुमान सरकारले गरेको छ । यसअघि बुधबार प्रदेशसभामा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम माथि छलफल नै नगरी संसदको बजेट अधिवेशन अन्त्य गर्दै सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सूर्नयागाड जलविद्युत् बन्द हुँदा बस्ती अन्धकारमा

बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...

वाम एकताको बहस फेरि तात्यो, सुरेन्द्र पाण्डेको फरक मत

काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...

१० वर्षदेखि चलनचल्तीबाहिर ३६ लाख खाता, १७ अर्बभन्दा बढी रकममा सरकारको नजर

काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...

पाहुनालाई स्वागत गर्न तैयार एक मुठ्ठी बादल परिवार

काठमाडौं । एक मुठ्ठी बादल : मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चल...

केन्द्रको निर्देशनविपरीत स्थानीय तहको अग्रसरता : विद्यार्थी भर्ना धमाधम सुरु

काठमाडौं । संघीय सरकारको परिपत्रविपरीत केही स्थानीय तहले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन् । केन्द्र सरकारले वैशाख १५...

प्युठान दुर्घटनामा एकजनाको मृत्यु

प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२ देउरालीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ दाङवाङका...

संसदीय समिति बाँडफाँटमा रास्वपाको दाउ : ११ सभापति आफ्नै पोल्टामा, लेखा कांग्रेसलाई नदिने संकेत

काठमाडौं । संघीय संसद् अन्तर्गतका विषयगत समितिको सभापति चयन प्रक्रिया अघि बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ वटा समितिको नेतृत्व आ...

जलवायु परिवर्तनको मार : मधेशमा चर्किँदो खानेपानी सङ्कट

काठमाडाैं । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको प्रभाव अब सिधै धारा, इनार र चापाकलमा महसुस हुन थालेको छ। चैत नसकिँदै महोत्तरीको ...

सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय

काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको श...

दैनिक रगतको माग बढ्दै गर्दा घट्दै दाता

चितवन । चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending