दाङ । सन्चार तथा सूचना प्रविधि रेखा शर्माले नेपालको कला सस्कृति र मौलिकता नयाँ पुस्तालाई बुझाउन अनिवार्य भएको बताएकी छन् । चलचित्र विकास बोर्डले दाङको घोराहीमा आयोजना गरेको प्रथम बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उनले नयाँ पुस्तालाई देश चिनाउने अभियानलाई व्यापक बनाउनुपर्ने बताएकी हुन् ।
त्यसका लागि चलचित्र क्षेत्र महत्त्वपूर्ण आधार हुने बताउँदै उनले चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ मानिसको दिल बदल्ने आधार भएकाले पनि यसको माध्यमबाट नयाँ पुस्तालाई देश चिनाउन सकिनेकुरामा जोड दिएकी थिईन् । नेपाल सस्कृतिको धनि देश भएकाले यहाँको कला सस्कृतिको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिदै उनले यसमा चलचित्रको महत्त्वपूर्ण भूमिका हुने बताइन् ।
उनले भनिन्– 'चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ । चलचित्रले दर्शकलाई मात्र मनोञ्जन दिंदैन, यस क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेहरुका लागि पनि चलचित्र महत्वपूर्ण क्षेत्र हो । चलचित्र क्षेत्रबाटै कयौं कलाकारहरुले आफ्नो व्यक्तित्व निकै उँचो बनाउँदै आएका छन् । उज्वल भविष्यको मीठो परिकल्पना गर्ने उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न पनि यो महोत्सवबाट टेवा पुग्ने छ ।'
नेपालमा यो प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव भए पनि अन्तराष्ट्रियस्तरमा नियमितरुपमा नै यस्ता महोत्सवहरु हुने गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालबाट पनि बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रय महोत्सवमा पुर्याउने गरी अब तयारी थाल्नुपर्ने र त्यसका लागि पनि यो महोत्सव सहयोगी बन्ने विश्वास व्यक्त गरीन् ।
बालबालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरी उनीहरुलाई रचनात्मक र सिर्जनशील कार्यमा प्रेरित गर्न बालबालिका, उनीहरुका अभिभावक लगायत आम नागरिकलाई सचेत र जागरुक बनाउन जरुरी रहेको उल्लेख गर्दै उनलले त्यसका लागि पनि बालचलचित्र उपयोगी हुनसक्ने बताएकी छन् ।
अहिले जीवनका हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अत्यधिक बढेको छ उल्लेख गर्दै मन्त्री शर्माले यसले बाललिकामा अवसर र चुनौती दुबै थपिदिएको बताइन् । उनले भनिन् – 'सूचना प्रविधिको माध्यमबाट बालबालिकाले नयाँ ज्ञान र सिप चाँडो प्राप्त गर्छन्, यो उनीहरुका लागि अवसर हो । तर, यसको दुरुपयोग बढ्दै जाँदा बाल विकासको बाधक पनि सूचना प्रविधि नै हुने हो कि भन्ने खतरा पनि बढ्दै गएको छ । अहिले धेरै बालबालिका मोबाइल र कम्प्युटरको लतमा फस्दै गएको गुनासो अभिभावकबाट आउने गरेको छ । बालबालिकालाई सूचना प्रविधिबाट अलग गर्न त सकिदैन तर उनीहरुलाई यसको दुरुपयोगबाट बचाउँदै उपयोगी ज्ञान र सिप सिकाउन पनि ज्ञान र सन्देशमूलक बालचलचित्र उपयोगी हुनसक्छन् ।'
दाङ २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री शर्माले दाङमा घोराही–तुलसीपुर सडक, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङमा पूर्ण विद्युतीकरण, राजमर्गसहित सबै ठाउँमा सन्चार सुविधा विस्तार, प्रदेश राजधानीमा पूर्वाधार विकास र टरिगाउ विमानस्थलको स्तरोन्नतिलाई प्राथमिकता दिएको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटनमा स्थानीय कला सस्कृति झल्काउने सास्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सव तीन दिनसम्म चल्ने बोर्ड सदस्य एवं कार्यक्रम संयोजक केएल बुढाथोकीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - २०:४६
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...
बैशाख १४ गते, २०८३ - २०:३३
विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी
बैशाख १४ गते, २०८३ - २०:३०
सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो
बैशाख १४ गते, २०८३ - २०:१७
म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...
बैशाख १४ गते, २०८३ - २०:०५
उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...
बैशाख १४ गते, २०८३ - २०:०२
चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...
बैशाख १४ गते, २०८३ - १०:३६
गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू
बैशाख १४ गते, २०८३ - १०:१७
ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...
बैशाख १४ गते, २०८३ - ०९:४५
काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...
बैशाख १४ गते, २०८३ - ०९:२९
भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...


प्रतिकृया लेख्नुहोस्: