काठमाडौं । मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने विषयमा मेलम्ची खानेपानी आयोजना अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। तथापि सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी निरन्तर आउने सम्भावना बढेको आयोजनाले जनाएको छ।
सो आयोजनाले विगत दुई वर्षदेखि बर्खाको समयमा पानी वितरण रोक्दै आएको छ। दुई वर्षअघि मनसुन भित्रिएको पहिलो दिन असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पु(याएको थियो। २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा जनधनको ठुलो क्षति पु(याएपछि गत वर्ष पानी बन्द गरिएको थियो।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले गत वर्षको तुलनामा हेडवक्र्समा सुरक्षाका थप उपाय अपनाइए पनि यो वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने सम्बन्धमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको जानकारी दिए ।
आयोजनाको गेट नम्बर १ र ९ मा केही सुधारका काम भएका र ती गेटलाई बन्द गर्न सकिने तथा धमिलो पानी सफा गर्न सकिने प्रणाली पनि जडान गरिएकोले यो पटक पानी रोकीन नसकिने उनको भनाइ छ । उनका अनुसार बाढीपहिरोको पूर्वसूचनाका आधारमा ‘हाइड्रो मेकानिकल’ प्रणालीका आधारमा स्विच थिचेर आयोजनाको मुहानको ढोका बन्द गर्न तथा खोल्न सकिने र विगतमा आठ दस जनाले चेन तानेर ढोका बन्द गर्ने तथा खोल्नुपर्ने अवस्था पनि हटेर गएको छ ।
यसकारण पनि यसपालि खोलामा सामान्य पानी बढ्दैमा पानीको वितरण नै रोक्न पर्ने अवस्था आउन नसक्ने उनले बताए ।
खोलामा बहाव मात्र बढेको छ। ढुङ्गा र बालुवासहितको बाढी आएको छैन भने पानी वितरणलाई निरन्तर गर्न सकिने गरी मुहान क्षेत्र तथा हेडवक्र्समा संरचना निर्माण गरिएको छ। विगतमा भन्दा अहिले चनाखो भइएको आयोजनाले जनाएको छ । त्यत्रो मात्रामा बाढीपहिरो जान्छ भनेर दुई वर्षअधि कसैले अनुमान नै नगरेको पन्तले बाए ।
आयोजनाका इन्जिनियर पद्मबहादुर कुँवरले मुहान तथा हेडवक्र्समा विगतको तुलनामा यस वर्ष सुरक्षाका थप उपाय अपनाइएको हुनाले खोलामा सामान्य पानी बढेकै आधारमा पानीको वितरण नरोकिए पनि नियमित रूपमा खोलाको पानी बढ्नुका साथै मूल फुट्न थालेपछि आयोजनालाई बन्द गर्नुको विकल्प नहुने प्रष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - ०९:०९
बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...
बैशाख ३ गते, २०८३ - ०९:०१
काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...
बैशाख ३ गते, २०८३ - ०८:५७
काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...
बैशाख ३ गते, २०८३ - ०८:५३
काठमाडौं । एक मुठ्ठी बादल : मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चल...
बैशाख ३ गते, २०८३ - ०८:५१
काठमाडौं । संघीय सरकारको परिपत्रविपरीत केही स्थानीय तहले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन् । केन्द्र सरकारले वैशाख १५...
बैशाख ३ गते, २०८३ - ०८:४९
प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२ देउरालीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ दाङवाङका...
बैशाख ३ गते, २०८३ - ०८:१३
काठमाडौं । संघीय संसद् अन्तर्गतका विषयगत समितिको सभापति चयन प्रक्रिया अघि बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ वटा समितिको नेतृत्व आ...
बैशाख ३ गते, २०८३ - ०८:०९
काठमाडाैं । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको प्रभाव अब सिधै धारा, इनार र चापाकलमा महसुस हुन थालेको छ। चैत नसकिँदै महोत्तरीको ...
बैशाख ३ गते, २०८३ - ०८:०७
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको श...
बैशाख ३ गते, २०८३ - ०८:०६
चितवन । चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न...


प्रतिकृया लेख्नुहोस्: