Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

वडा अध्यक्षकाे नाककाे डाँडी भाँच्ने युवक प्रहरी नियन्त्रणमा

खबरडबली संवाददाता

झापा । झापाकाे कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिने मेचीनगर ६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडाध्यक्ष मियाको गाडीमा मोटरसाइकलमा रहेका पनेरु सामान्य रूपमा ठोक्किएपछि रिसको झोकमा पनेरुले हेलमेटले वडा अध्यक्ष मियामाथि हेलमेट प्रहार गरेर घाइते बनाएको  प्रहरीले बताएकाे छ  ।

प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको समयमा लडेको र उठेर हेलमेटले मियालाई कुटेको प्रत्यक्षहरूले बताएका छन् । वडाअध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

वडाध्यक्षलाई कुटेर भाग्न खोजेका पनेरुलाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए  । आफूमाथि अभद्र व्यवहार भएको र ज्यान मार्ने उद्देश्यले कुटपिट भएको भन्दै घाइते वडाध्यक्ष मियाले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मैथलीफिल्म ‘लेबर’ घोषणा

काठमाडौं ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक  पुर्णे...

धादिङमा भएको आगलागीमा वृद्ध दम्पतीको मृत्यु, गोरखामा ६ घरगोठ जले

काठमाडाैं। धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।  गएराति ७० वर्षीय ते...

डा. आयुष्नोभाको पोल्टामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’को ताज

काठमाडौं । डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस ...

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छः मन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि...

मादी नदीमा धमाधम पुल निर्माण हुँदै

तनहुँ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।  सवारी साधन सञ्चालन गर्न मिल्न...

मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयार...

आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धा...

गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । पिछल्लो समय रामेछापको सदरमुकाम मन्थली, रामेछाप बजार र आसपासका क्षेत्रमा जुनारको जुसको बिक्री बढेको छ ।  गर्मी बढेसँगै रामेछापमा जुनारको जुस ...

कोशीका मुख्यमन्त्री राष्ट्रपति ‘व्याकप’ देखाउँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई मङ्गलबार ‘जानकारी गराएको सम्बन्धमा’ भन्दै तीन पृष्ठ लामो पत्र हस्...

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्  । ओटा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies