Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

खबरडबली संवाददाता

सप्तरी । दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो । देवले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने र रु एक हजार दुई सय फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको अदालतले जनाएको छ ।

स्रेस्तेदार कुमार मास्केका अनुसार देवलाई १५ वर्षीया दुई बालिकालाई असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा सजाय भएको हो ।

राजविराज नगरपालिका–८ स्थित रुपनी सडक खण्डमा देवले दुई बालिकालाई ललाईफकाई प्रलोभनमा पारी अपहरण गरी बन्धकबनाई राखेका थिए । बालिकाहरु भागी अपहरण मुक्त भएपछि पीडितहरूकी आमाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सप्तरीमा ढिलो गरी उजुरी दर्ता हुँदा अभियुक्त देव अभद्र व्यवहार कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परिसकेका थिए । मोरङको विराटनगरबाट देवलाई साउन १३ गते सप्तरी ल्याएर कारबाही थालिएको थियो । जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको आदेशमा देव भदौ ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । 

यसअघि देव राजविराज –२ की १४ वर्षीया बालिकाको अपहरण घटनामा पक्राउ परेका थिए । झुक्यानमा पारी ०७८ साल जेठ २० गते मोटरसाइकलबाट अपहरण गरी लैजाने क्रममा राजविराजदेखि नौ किलोमिटर दक्षिण रूपनीबजार नजिक देव पक्राउ परेका थिए । बालिकालाई मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा पक्राउ परेका देव ०७८ साल असार १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए । 

सो घटनामा पीडित पक्ष नै ‘होस्टाइल’ भएपछि देवले सफाइ पाएको प्रहरीले जनायो । यसअघि विभिन्न फौजदारी अपराधमा मुद्दा चले पनि प्रमाण अभाव, पीडित पक्ष होस्टाइल र अनुपस्थित हुने कारणले देवले सफाइ पाउँदै आएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। लगातार विपक्षी दलहरूले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले बैठक बुधबार बिहान १...

संसदमा मौनधारण विषयलाई लिएर सभामुखको आपत्ति

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सहिदहरूको सम्झनामा ५ मिनेट मौनधारण गरिएको विषयलाई लिएर सभामुखले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका सचे...

प्रधानमन्त्रीको अभिव्यक्तिमा स्पष्टीकरण माग्दै आजपनि विपक्षीको विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि विपक्षी दलहरूको विरोधका कारण प्रभावित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन्। ...

नभएका प्रमाणहरू सिर्जना गरेर नेपाललाई सीमा अतिक्रमणकारी देशको रूपमा प्रस्तुत गर्न खोजियो: निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहको हालैको संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रधानमन्...

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रप...

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रप...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको...

मन्त्रिपरिषद्का चार निर्णय: जलविद्युत् आयोजनालाई वन प्रयोग स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऊर्जा, प्रशासन, सामाजिक संस्था व्यवस्थापन र छानबिन प्रतिवेदनसम्बन्धी चार प्रमुख निर्णय गरेको छ। बैठ...

देशभर भूमि समस्या समाधान समिति गठन, ७७ जिल्लामा परिपत्र

काठमाडौं । सरकारले देशभरका ७७ वटै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा स...

पुन: गृहमन्त्रीमा नियुक्त भए सुधन गुरुङ, आजै शपथ ग्रहण

काठमाडौँ, सांसद सुधन गुरुङ पुन: गृहमन्त्रीमा नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवास मा हुने त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending