जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन्।
मंगलबार साँझ ५ बजे प्रदेश सभाको आकस्मिक बैठक बोलाएर मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको जनता समाजवादी पार्टीका सासद रामअतिश यादवले जानकारी दिए।
उनका अनुसार पुरानो सत्ता समीकरणमा आवद्ध दल सरकारबाट बाहिरिएकाले विश्वासको मत लिन लागेका हुन्।
सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुन: विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । एमालेसहितका दलको समर्थनमा गत पुस २७ गते यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएको थियो भने जेठ १ गते समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि आज तीस औँ दिनको दिन आकस्मिक बैठक बोलाएर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र जसपा सरकारमा सहभागी छ। तर माओवादी केन्द्रले आजको प्रदेश सभा बैठकमा यादवलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ।
माओवादी केन्द्रले अहिले एउटा मन्त्रालय पाएको छ। तर दुईटा मन्त्रालय माग गरिरहेको छ। यसअघि पनि माओवादीले असन्तुष्टि जनाउँदै दुई वटा प्रदेश सभा बैठक बहिष्कार समेत गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८३ - १३:४६
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सहिदहरूको सम्झनामा ५ मिनेट मौनधारण गरिएको विषयलाई लिएर सभामुखले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका सचे...
जेष्ठ २६ गते, २०८३ - १३:४०
काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि विपक्षी दलहरूको विरोधका कारण प्रभावित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन्। ...
जेष्ठ २६ गते, २०८३ - १३:३५
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहको हालैको संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रधानमन्...
जेष्ठ २६ गते, २०८३ - १३:२५
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रप...
जेष्ठ २६ गते, २०८३ - १३:२५
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रप...
जेष्ठ २६ गते, २०८३ - १३:१६
म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको...
जेष्ठ २६ गते, २०८३ - १२:२४
काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऊर्जा, प्रशासन, सामाजिक संस्था व्यवस्थापन र छानबिन प्रतिवेदनसम्बन्धी चार प्रमुख निर्णय गरेको छ। बैठ...
जेष्ठ २६ गते, २०८३ - १२:०८
काठमाडौं । सरकारले देशभरका ७७ वटै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा स...
जेष्ठ २६ गते, २०८३ - ११:५९
काठमाडौँ, सांसद सुधन गुरुङ पुन: गृहमन्त्रीमा नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवास मा हुने त...
जेष्ठ २६ गते, २०८३ - ११:४४
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतित...



प्रतिकृया लेख्नुहोस्: