Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

‘अर्काकी पत्‍नी र पैसा ताक्न खोज्दा माओवादी नेताको ज्यानै गयो’

काठमाडौं । ऋणमा दिएको पैसा नर्फकाएपछि एमाओवादी नुवाकोटका गाउँ कमिटी सचिव राजेश्वर मोक्तान तामाङको हत्या भएको रहस्य खुलेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ हत्यामा संलग्न अभियुक्त नुवाकोट उर्लेनिकै अमर भन्ने ध्रुब बहादुर साङतान पक्राउ परेपछि उनको बयानबाट यस्तो तथ्य खुलेको हो। गाउँमा सहकारी पसल सञ्चालन गरि वसेका तामाङलाई दुई वर्ष अगाडी पटकपटक गरी दिएको दुई लाख रुपैंया ऋण फिर्ता माग्दा नदिएपछि हत्या गरेको स्वीकार स्याङतानले प्रहरी समक्ष गरेका छन् । गाउँमा आफ्नी पत्नी शर्मिला (नाम परिवर्तन) र तामाङको अवैध सम्बन्ध रहेको हल्ला फैलिएपछि स्याङतान तनावमा थिए । उनले पत्नीलाई नै साउनको पहिलो साता पैसा फिर्ता माग्न तामाङको घर पठाएका थिए। तर तामाङले ‘मैले तेरो पैसा ब्याजमा लगाएको छु, म सँग भागी विवाह गरिनस् भने पैसा दिन्न’ भनेर शर्मिलालाई उल्टै करणी गर्ने मनसायले घाँटी थिचेर लडाएका थिए। तामाङको हर्कतबारे शर्मिलाले पतिलाई आएर बताएपछि स्याङतान र तामाङबीच झन शत्रुता पैदा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाबारे जानकारी दिन महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । ‘मै सँग लिएको ऋण फिर्ता माग्दा तामाङले उल्टै पत्नीलाई करणी गर्न खोज्यो र विवाह गर्न दबाब दियो। त्यो तनाब सहन सकिन र कि मर्छु वा मार्छु भन्ने निश्कर्षमा पुगेको थिएँ, स्याङतानको बयान उल्लेख गर्दै महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने। खनालका अनुसार फोनमा समेत पटकपटक वादविवाद बढेपछि साउन २० गते मोक्तान आफैंले स्याङतानलाई काठमाडौं बोलाएका थिए। स्याङतानले भने तामाङको हत्या गर्ने मनशायले दापसहितको खुकरी कम्मरको पछाडी भिरेर काठमाडौं आएका थिए । विनाशकारी भूकम्पमा गाउँमा राहतबाँड्दाको कागज काठमाडौंमा बुझाउन आएका तामाङ र स्याङतानको भेट साउन २० गते नै साँझ बालाजु माछापोखरीमा भएको थियो । एसएसपी खनालका अनुसार माछापोखरीबाट साँझ माईक्रोवस चढी दुवै जना काभ्रेस्थली भेडिगोठ हाईटमा पुगी धानबारी हुँदै हिंड्दा ऋण र पत्नीको सम्बन्धबारे तामाङले कुरा उठाएका थिए । ‘ जे हुनु भैगो म तेरो पत्नीलाई राख्नु परेपनि राख्छु तर पैसा फिर्ता गर्दिन’ भनेर तामाङले अड्डी लिएपछि उनीहरुबीच वादविवाद सुरु भएको थियो। ‘मैले ज्याला मजदुरी गरेर कमाएको पैसा हो, पत्नीलाई जे गर्छस् गर तर पैसा चाही मलाई चाहिन्छ ’भनेर स्याङतानले भनेपछि दुवैबीच हात हालाहाल भएको थियो । ‘दुवैबीच घाँटी थिचाथिच परिरहेकै बेला स्याङतानले कम्मरपछाडीको खुकुरी निकाली तामाङको घाँटीमा छप्काएका थिए, तामाङ मर्यो भनेर स्याङतान गाउँतिरै गएका थिए, एसएसपी खनालले भने । उनका अनुसार प्रारम्भीक अनुसन्धान गर्दा अर्काकी पत्नी र ऋणमा दिएको पैसा ताक्न खोज्दा माओवादी नेता तामाङको हत्या भएको देखिन्छ। तामाङको हत्या गरेपछि स्याङतान गाउँमै फर्किएका थिए। स्थानीय र प्रहरीले काभ्रेस्थलीमा तामाङको शव फेला पारेपछि भने स्याङतान लुकीछिपी गाउँमै बस्दै आएका थिए। ईलाका प्रहरी कार्यालय खरानीटारको सहयोगमा महाशाखाले स्याङतानलाई काठमाडौं ल्याएको हो । प्रहरीले स्याङतान विरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबारै कर्तव्य ज्यान मुद्दामा म्यादथप गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending