Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री प्रचण्ड

भारत भ्रमणबारे अरु के भने प्रचण्डले ?

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको संसद्मा प्रस्तुत भएको नक्साका बारेमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग गम्भीर छलफल भएको बताएको छन् । 

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, “भारतीय पक्षसँग आफूले नक्साबारे कुरा गर्दा ‘यो सांस्कृतिक नक्सा हो, राजनीतिक नक्सा होइन’ भनेको छन् । यसबारेमा थप अध्ययन गर्नुपर्छ ।”

भ्रमणका क्रममा  सीमा क्षेत्रमा हुने डुबानका बारेमा आवश्यक छलफल र सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको जानकारी दिँदै उनले आगामी वर्षामा नै समस्या नआउने गरी काम गर्न निर्देश भएको बताए ।

भ्रमणका क्रममा हवाई मार्गका बारेमा प्रस्ट शब्दमा अन्तर्राष्ट्रिय हवाई मार्गका रुपमा नेपालगञ्ज, महेन्द्रनगर, विराटनगरलगायत क्षेत्रमा प्रयोग गर्न पाउने गरी वातावरण बनाइदिन आग्रह गरेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

“राम्रो भएकालाई राम्रो भन्ने हो, नभएकालाई नभएको र नराम्रो भन्ने हो । लो अल्टिच्युडको जहाज चल्ने वातावरण बनेको छ । केही भएको छैन भनेर नकारात्मक कुरा गर्नु आवश्यक छैन”, उनले भने ।

कालापानी, लिपुलेकलगायत सीमा समस्या समाधानका लागि भ्रमणका क्रममा स्पष्ट शब्दमा छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने “भारतीय प्रधानमन्त्री मोदीले नै नेपाल भारतबीच रहेको सीमा समस्या समाधान गर्ने विषयमा आफैँले संयुक्त पत्रकार सम्मेलनमा प्रस्ट प्रतिबद्धता आएको छ । उनले दुई देशबीचको सम्बन्धलाई सुपरहिट बनाउने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता छ ।”  

आफूले औपचारिकरुपमा कुनै पनि बैठकमा जमिन सट्टापट्टाका बारेमा कुराकानी नगरेको जानकारी दिँदै उनले यस विषयमा विभिन्न खालका मोडलहरु पनि छन् भनेर बुद्धिजीवीहरुले भन्दै आएको मात्रै भनेको बताए ।

सीमा समस्या समाधानका बारेमा सरकारले नै अध्ययन गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धिजीवी, विशेषज्ञले नै सट्टापट्टाका बारेमा जानकारी दिने गरेको स्पष्ट पारे। उनले भने, “सीमा समस्या हल गरिन्छ  । हल गर्छौं, दुनियाँका अगाडि उभिएर प्रतिबद्धता जनाउने कुरा आफैँमा महत्वपूर्ण छ । भारतीय प्रधानमन्त्रीले पनि पहिलो पटक समस्या समाधान गर्नुपर्छ, भनेर भारतीय प्रधानमन्त्रीले पनि प्रतिबद्धता जनाएको छन् ।”

मुलुकभित्र उत्पादित बिजुली स्वदेशमा नै खपत गर्ने तथा खपत बढाउने विषयमा सरकारले ध्यान दिएको र सोही अनुसारको नीति अगाडि सारेको उल्लेख गर्दै प्रधानमन्त्रीले तत्काल खपत बढाउन नसकिने भएकाले बिजुली निर्यातको विकल्प नभएको बताए। विकास र समृद्धिका लागि सबै नेपालीको साझा मत हुनुपर्नेमा त्यसो हुन नसकेकामा प्रधानमन्त्रीले गुनासो गरे । इतिहासदेखि थाँती रहेका सबै समस्या समाधानका लागि विश्वासको वातावरण बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा भ्रमणका समयमा स्पष्टसँग छलफल भएको बताए ।

सीमा समस्या समाधानका लागि विश्वासको वातावरण बनाउने भन्ने विषयमा स्पष्टसँग कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने “नेपाल समृद्ध हुने वातावरण बन्यो, नेपालमा लगानी बढ्ने वातावरण बन्यो । बलियो राष्ट्रिय एकता प्रदर्शन गर्ने बेला हो यो ।” टनकपुरमा सिँचाइका लागि पानी आउने वातावरण बनेको र पञ्चेश्वरमा २६ वर्षदेखि हुन नसकेको विषयमा समेत महत्वपूर्ण सहमति भएको प्रधानमन्त्रीको भनाइ छ ।

भारत भ्रमणमा जाने दिन आफ्नो भ्रमणका बारेमा राष्ट्रपतिलाई जानकारी दिन गएको, नागरिकता विधेयक जारी गर्नुस् भन्न नगएको प्रस्ट पारे ।

सङ्घीय संसद्ले दुई–दुईपटक पारित गरेको नागरिकता विधेयक जारी गर्न राष्ट्रपतिलाई अनुरोध गरिएको प्रधानमन्त्रीको भनाइ छ । नागरिकता विधेयकको स्थिति र अरू विधेयकको अवस्था फरक हो भनेर बुझ्न नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग पुगेको विधेयक शून्य हुन्छ भनेर संविधान वा कानुनमा कल्पनासमेत नगरिएको बताए।

संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण विषय यसभित्र रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सदनले पठाएको महत्वपूर्ण विधेयक मन लाग्दा प्रमाणित गर्ने, मन नलाग्दा प्रमाणित नगर्ने अवस्था आएकाले सरकारले राष्ट्रपतिलाई अनुरोध गरिएको स्पष्ट पारे ।

नागरिकतासम्बन्धी ऐनका विषय अदालत प्रवेश गरेकाले त्यसलाई निर्णय गर्न छाडिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय सरकारी कम्पनी एनएचपिसीसँग फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा सहमति भएको बताउनुभयो । भ्रमणका क्रममा कृषि क्षेत्रको विकासका लागि धेरै महत्वपूर्ण सहमति भएको, त्यसबाट कृषि उत्पादन बढ्ने र रोजगारी वृद्धि हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

उखु खेतीको व्यावसायिक विकासका लागि नयाँ प्रजाति आउनु, कफीको नयाँ प्रजाति ल्याउनु महत्वपूर्ण रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको दुग्ध उत्पादन वृद्धिका लागि मुर्रा प्रजातिको राँगो यति नै बेला आउनु झनै राम्रो भएको बताउनुभयो ।

भ्रमण दल ४० को आसपासमा रहेको र जम्बो नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले त्यस क्रममा इपिजीका बारेमा पनि छलफल भएको स्पष्ट पार्नुभयो । नेपाली राष्ट्रिय हितको पक्षमा आफ्नो विवेक वा वर्कतले भ्याएसम्म भ्रमणका क्रममा प्रयास गरेको जानकारी दिँदै त्यसमा कुनै द्विविधा नराख्न आग्रह गर्नुभयो ।

भ्रमणका क्रममा कस्ले स्वागत गर्‍यो भन्ने विषय उति महत्वपूर्ण नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले आफू कुनै अपमानित नभएको बरु सम्मानित भएर आएको बताए । एउटै भ्रमणबाट धेरै विषय भयो त आफूले नभन्ने बरु यसबाट विकास र समृद्धिमुखी भएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डलाई सांसदहरु अनिता देवकोटा, भगवती न्यौपाने, इन्दिरादेवी गौतम, जितेन्द्रनारायण देव, शारदादेवी भट्ट, भैरवसुन्दर श्रेष्ठ, डा विमला राई पौडेल, दिलकुमार रावल, थापा पार्वती, गोपाल भट्टराई, कुमार दसौदी, सुमित्रा बिसी, जगप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, इन्दु कडरिया लगायतले प्रश्न गरेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्यायालयप्रति पूर्ण विश्वास छ, विगतदेखि नै न्याय पाउँदै आएका छौँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयप्रति आफूहरूको पूर्ण विश्वास रहेको बताएका छन् । उनले पञ...

कांग्रेसको इतर समूहको सम्मेलनमा पूर्णबहादुर खड्का अनुपस्थित, कारण खुलाइएन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थि...

सत्ता र पद मात्र सफलताको मापन होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...

सत्ता र पद मात्र सफलताको मापन होइन : गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...

पार्टी पुनर्गठन र नेतृत्व हटाउन बेतुकको हल्ला, यो सम्भव र आवश्यक छैन: ओली

बिर्तामोड । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन तथा नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताएका छन् । बिर्तामोडम...

म प्रधानमन्त्री बन्न राजनीतिमा आएको हैन, देश बनाउन हिँडेको हुँ : अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको ह...

सुस्तामा नारायणीको कटान, विस्थापनको त्रासमा बासिन्दा

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आए...

कांग्रेसको राष्ट्रिय भेलाबाट सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोड्ने प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...

कांग्रेस भेलाको समापनमा धर्मको विषयले विवाद : निधि र महतबीच मञ्चमै 'कागज खोसाखोस'

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद भएको छ ।...

‘म हिन्दू हुँ, कसैको विरोधी होइन’ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending