Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

मन्त्रिपरिषद्बाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो

खबरडबली संवाददाता

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल भई आएको सो विधेयकलाई संसद्मा पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।  

बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था विकास समितिको अध्यक्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव मदन भुजेललाई सोही मन्त्रालयको प्रस्तावबमोजिम जिम्मेवारी तोकेको छ । 

साथै गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने र सोको आदेशसहितको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । 

सो ऐनबमोजिम छरछ महिनामा यसप्रकारको निर्णय गर्नुपर्ने व्यवस्था छ । बैठकले  माथिल्लो मैलुङखोला जलविद्युत् लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वेका लागि रसुवा र नुवाकोटका राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने र त्यहाँ रहेका रूखहरु हटाउने निर्णय गरेको छ । 

आजको बैठकले यही जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रोपोलिस् वर्ल्ड कंग्रेस तथा  ब्रसेल्स अर्बान  समिट(२०२३’ विषयक कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमख बालेन्द्र शाहको भ्रमण स्वीकृत गरेको छ ।

बैठकले काभ्रेको पाँचखालस्थित औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय पनि गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending