विराटनगर । कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिने भएको छ । दलका नेता इन्द्रबहादुर आङ्बोसहित पार्टीका प्रदेश पदाधिकारीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । उक्त बैठकले निर्णय गरे लगत्तै राजीनामा दिने तयारीमा मन्त्रीहरू छन् ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आफ्नै नेतृत्वमा कोशी प्रदेश सरकार गठनको पहल गर्ने निर्णय भएको बताए । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा भने निर्णयमा पुगिनसकेको उनको भनाइ छ।
यसअघि दिउँसो कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की र एमालेका अन्य मन्त्रीहरूलाई केन्द्रको निर्देशन आएको भन्दै नेता आङ्बोले परिस्थिति फेरिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनौपचारिक जानकारी गराइसकेका छन् ।
स्रोतका अनुसार बजेट नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेका बेला सरकार हेरफेरमा लाग्दा समस्या हुने भन्दै बजेटसम्म यही सरकार निरन्तर हुनुपर्ने बैठकमा सहभागी सांसदहरूले मत राखेका छन् ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बित्तिकै अर्को सरकार बन्न सक्ने आधार नभएकाले पनि समर्थन फिर्ता लिन उचित नहुने सांसदहरूले धारणा राखेका छन् ।
कोशी प्रदेशसभामा निर्णायक मत रहेको राप्रपा मुख्यमन्त्री पाउनुपर्ने अडानमा छ । अहिले नै अर्को स्थिर सरकार बन्न सक्ने आधार नभएको बेला नयाँ गठबन्धनमा जानु उचित नहुने राप्रपा संसदीय दलका नेता तथा सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले बताउँदै आएका छन् ।
अर्को स्थिर सरकार बन्ने र राप्रपाले मुख्यमन्त्री पाउने अवस्था भए सरकार परिवर्तन हुन सक्ने सङ्केत राप्रपाले दिएको छ । तर, अहिले नै राप्रपालाई मुख्यमन्त्री दिन सक्ने आधार नबनेको मन्त्री सिटौलाले बताए ।
नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०ले एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन र केन्द्रको सत्ता गठबन्धन अनुसार अघि बढ्न माओवादीलाई दबाव दिँदै आएका छन् ।
यसअघि कांग्रेसले सरकारबाट बाहिरिन र केन्द्रको गठबन्धन अनुसार अघि बढ्न आग्रह गर्दै माओवादीलाई ५ जेठमा पत्र नै पठाएको थियो ।
प्रदेश सभामा एकमात्र सिट रहेको जसपा भने सरकारबाट बाहिरिसकेको छ । जसपा बाहिरिएपछि माओवादीलाई पनि सरकार छाड्न दबाब बढेको छ ।
९३ सदस्यीय प्रदेशसभामा अहिले मुख्यमन्त्री कार्कीसँग एमालेका ४०, माओवादीका १३ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ६ जनाको समर्थन कायम छ ।
अहिले विपक्षमा कांग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद मात्रै छन् । माओवादीले सरकार छोड्ने निर्णय लियो भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१७
नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...




प्रतिकृया लेख्नुहोस्: