Ntc summer Offer
Khabar Dabali ७ असार २०८१ बिहीबार | 20th June, 2024 Thu
NIMB

मुलुक जिताएर आएका प्रधानमन्त्रीलाई लाज नमानि भन : प्रचण्ड जिन्दावाद !

शैलेन्द्र घिमिरे

हामीले यो वुझेनौ वरु अंग्रेजी उच्चारणको ढंग मिले नमिलेकोमा तर्क लडायौ र देशले हैदरावाद हाउसमा जितेको उत्सव विर्सियौ । ‘दश वर्षमा दश हजार मेघावाट बिजुली’ यो कुनै ठट्टा थिएन यो त नेपाल सिगार्ने सुत्र थियो र हो ।

चितवनमा वन्ने पेट्रोलियम भण्डारणका ट्यांकी सायद अवको चार वर्ष भित्रैमा जमिन चीरेर सतहमा देखिने छन । झापामा पनि सीलगुडी देखिको पाइपलाइन आइपुग्ने छ । वुटवल देखि गोरखपुर सम्म नेपालको विजुलि वहने अन्तरदेशिय प्रसारण लाइन वन्ने छ । यो त्यहि देशले वनाउने छ जस्ले

को आयो, कस्ले स्वागत गर्यो, कुन वस्त्र लगायो, कसरी वोल्यो वा मन्दीर किन पस्यो भन्ने तर्क समाजमा रहेका तेस्रो दर्जाका मस्तिष्कहरुको उपज हो । जो नेपालको पानी खान्छन्, डिभि भर्छन् र देशभक्त भएको हुलिया ओड्छन ।

खासमा हाम्रो तन्तुमा देश छैन । तन्तु र तत्तुमा देश नभएकाहरु अराजक हुन्छन् । आजकल अराजकता पोख्न केही अमेरीकी साहुका भित्ताहरु उपलव्ध छन् । जसलाई हामीले हिनता, कुण्ठा र अराजकताले रङ्ग्याइरहन्छौ । किनकी नशामा देश नहुनेहरुले तुजुकमा देश पालेर यसको दोहोलो काड्नु पर्दछ । हामी दोहोलोको निरन्तरता हौ । हामी देश नभएका हौ र देश नहुनुको अर्कोे अर्थ इज्जत नहुनु पनि हो । इज्जत नहुँनेहरु नाङ्गीदा कोही हाँस्दैन । यसकारण हामीलाई यो एक भव्य मजाक मन्चन नगर्दा सम्म निन्द्रा लाग्दैन ।

हाम्रा प्रधानमन्त्री भारत गए । हाम्रा प्रमलाइ एयरपोर्टमा लिन  मुखिया  शैलीमा  कारीन्दा पठाए । हामीलाई लाग्यो हाम्रा प्रधानमन्त्री हाम्रा होइनन् । भारतले हामीलाई हेप्न खोजेको हामीलाई दुखेन । सडकमा कोही आएन र भनेन –नेपाली जो होस हेपेको हामी सहदैनौँ । वरु हामी एकाथरी मानिसहरु अल्लादीत भयौ । हामीले पुराना फोटा पोष्ट्यायौ  र भन्यौ यिनका भन्दा   तिनको मनितो गतिलो थियो । हामीले जानेनौ कि भारत हाम्रो हितैसी होइन  र उ हाम्रो भलो सोच्दैन । यो घाटाको व्यापारलाई फुलको गुच्छाले संसारमा कसैले पनि सत्कार्दैन । भारतीयहरुलाई थाह थियो, प्रचण्डले नदी वेच्दैनन् ,एअरपोर्टमा एयर मार्शल राख्न दिदैनन् । हो, केही नदिनेलाई फुल दिनु हुँदैन यो भारतीय सिद्धान्त हो । हामीले केही वुझ्यौ धेरै वुझेनौ र भन्यौ –तिनले फुल दिएनन ।

नेपालका प्रधानमन्त्री प्रचण्ड महात्मा गान्धीको शालीक अगाडी उभिदाँ नेपाल उभिएको  ख्याल गर्ने भारतीयहरु धेरै छन् । तिनले प्रचण्डको त्यो प्रचण्ड स्वरुपको ख्याल गरेरै होला केही छिन पछिको हैदरावाद हाउसमा विश्वको प्रमुख जनसंख्याका प्रधानमन्त्रीको अगाडी नेपालको उपस्थिती नाथे हुन पाएन । नेपाल खेती नगरेर वेशाहा खान पल्केको लम्पट जस्तो हुन परेन । बरु हामी हाम्रो स्वभीमानका अटल स्तम्भ भयौ र भन्यौ –हामी लिन मात्र होइन दिन पनि जान्दछौ । तिमीलाई चाहिन्छ भन –हामी दिन  तयार छौं । तर हामी नदी वेच्दैनौ ,हिमाल बन्धकी राख्दैनौ । हामी पानी र विजुली बेच्छौ । संसारमै सस्तो र सफा विजुली उत्पादन गर्ने देश हामी हौ । भारतिय झण्डा अगाडी समान हैसियतमा उभिएर गरीएको यो लेनदेन नेपालको विकासमा कोशेढुंगा वन्नेमा हामी विस्वस्त छांै । तर हामीले यो वुझेनौ वरु अंग्रेजी उच्चारणको ढंग मिले नमिलेकोमा तर्क लडायौ र देशले हैदरावाद हाउसमा जितेको उत्सव विर्सियौ । ‘दश वर्षमा दश हजार मेघावाट बिजुली’ यो कुनै ठट्टा थिएन यो त नेपाल सिगार्ने सुत्र थियो र हो ।

यो यसै आविस्कार भएको होइन । यसमा तर्क, विस्वास र अडान सहित चातुर्यतापुर्वक लिइएको पहलकदमी छ । यो हामी हौ ,छौ र हामी विच्कीयौ भने घाटा तिमीलाई पनि हुन्छ भन्दै तिन–तिन पटक एकान्तमा लगेर पढाएको पाठको परीणाम हो । सन १९९९ पछि नेपाल–भारत वाणिज्य सन्धी पुनरावलोकन भएको थिएन । २०१७ पछि त यो नवीकरण पनि भएको थिएन । यो पटक सन्धी नविकरणमात्र भएन यसलाई पुनरावलोकन पनि गरीयो र भनियो अव नेपाल भारतको रेलमार्ग र जलमार्ग हुँदै समुन्द्र सम्म पुग्न सक्नेछ । जमिन जल र आकाशमार्गमा नेपालले पाएको अनुमती आफैमा अर्को ऐतिहासिक घटना थियो ।

पानीजहाज अव गफाडीको गफमात्र होइन केही भौतिक संरचना निर्माण गर्ने हो भने हाम्रो निकट भविश्यको वास्तविकता पनि हो । बनेर चार वर्ष सम्म संचालन अनुमती नपाएको र त्यसै दिन सुरु भएको विराटनगर सम्मको मालवाहक रेल अव उरण्ठेउलो गफ मात्र होइन वर्तमानको अकाट्य सत्य पनि हो । सिमानामा समानताका साथ उभिएका उस्तै उस्तै लाग्ने भवनहरु केही वनेका छन र केही वन्ने छन । ति स्थानमा देशले वेचेका र किनेका सामानको हिसाव रहने छ । घरघरमा ग्याँसको पाइपलाइन लगाइदिने वाचा गरेकाहरुले कुनै दिन तेलको पाइप अमलेखगंजवाट चितवनसम्म आउने छ भन्ने परीकल्पना पनि गरेनन । चितवनमा वन्ने पेट्रोलियम भण्डारणका ट्यांकी सायद अवको चार वर्ष भित्रैमा जमिन चीरेर सतहमा देखिने छन । झापामा पनि सीलगुडी देखिको पाइपलाइन आइपुग्ने छ । वुटवल देखि गोरखपुर सम्म नेपालको विजुलि वहने अन्तरदेशिय प्रसारण लाइन वन्ने छ । यो त्यहि देशले वनाउने छ जस्ले हामीलाई कष्टसाध्य नाकाबन्दी दिएको थियो । ति विजुलीका टावरहरु त्यहि देशमा उभिने छन जस्का सेना हाम्रा कालापानीमा छन् । यो कुटनितीमा देशले जितेको जिउँदो तथ्य हो र जस्का निर्विवाद नायक प्रचण्ड हुन् ।

देश नक्सा मात्र होइन । देश हुन– माटो र माटो माथि उभिनेहरु पनि चाहिन्छ । नक्शाको कालापानी हाम्रो वहादुरीता होला तर यो भारतिय टेवुलमा नपुग्नु हाम्रो नालायकीपन थियो । यसपटक कालापानी भारतिय टेवुलमा पुगेको छ । कहिल्यै नेपालसँग सिमा समस्या छ भन्न नमान्ने भारतका प्रधानमन्त्रीले हैदरावाद हाउसमा उभिएर भने सिमा समस्या आपसी सहमतीमा समाधान गरीने छ । जो यो भ्रमणको अर्को उपलव्धी हो । कालापानी हाम्रो हो । नक्सामा मात्र होइन भुगोलमा पनि हो । हामीलाई हाम्रो भुगोल चाहिन्छ । प्रचण्ड यो मामिलामा दृढताका साथ उभिए –जो नेपालका लागि गर्वको विषय हो ।

त्यसो त नेपालका सरकार प्रमुख भारतमा जाँदा राष्ट्रिय स्वधिनतामा खत पर्ने गरी दस्तखत गर्ने  हुन् कि भन्ने आशंका सधै रहने गरेको थियो । प्रचण्डले यसलाई अवरुद्ध गरीदिएका छन । भनेका छन हामी पारस्परीक हिसावले जति आवद्ध छौ त्यति नै आफ्नो वारेमा निर्णय गर्न स्वतन्त्र छौ । यो स्वतन्त्रता चन्द्र सुर्य जत्तिकै अटल छ । यसकारणनै अव लुम्वीनीमा आन्तरिक र वाह्य रडार गाइडेड उडान र अवतरण हुनेछन । भारतमा तिव्रढंगले वढ्दो उर्जाको आवश्यकतालाई पुरा गर्न उ नेपालमा लगानी गर्ने गरी नआइ सुखै छैन । यसकारण आगामी दिनमा उर्जाका क्षेत्रमा भारतिय लगानी वढ्ने छ । आफ्नै विजुलीका टावर र लठ्ठा प्रयोग गरी नेपाली विजुली वंगलादेश पुर्याउने कुरामा भारत अव सहमत छ । करिव तिन दशक अगाडी भएको महाकाली संन्धी र त्यो सन्धीले वनाउने भनेको पंन्चेश्वर परीयोजनाको डिपीआर अहिले सम्म वनेको थिएन यदि भारत इमान्दार भएमा आगामी तिन महिनामा त्यसको डिपीआर पुरा हुनेछ । पन्चेश्वर वन्नु  पश्चिम नेपालको विकासका लागी अर्को सकारात्मक कुरा हुनेछ । दोधारा–चाँदनीमा वन्ने सुख्खा वन्दरगाहले पुर्वमा एकक्षत्र कायम रहेको आयात र निर्यातको भारलाई पश्चिम सम्म पुर्याउने छ जसको सकारात्मक असर स्थानिय जनजिवनमा पर्ने निश्चित छ । यी सवै तथ्यवाट हेर्दा प्रचण्डको भारत भ्रमण आफैमा ऐतिहासिक  छ ।

त्यसो त भारत विश्वको पहिलो जनसंख्या भएको देश हो । सैन्य हिसावले चौथो, अर्थिक हिसावले छैटौँ देश हो । विश्वका कुनै पनि देश भारतसँग सम्वन्ध राम्रो भइरहोस् भन्ने चाहन्छन् । किनकी यो व्यापारको सवै भन्दा विसाल र सघन भुगोल हो । उसका आफना स्वार्थहरु नहुने कुरै भएन । हाम्रा पनि स्वार्थहरु छन । दुवै देशका स्वार्थहरुमा धक्का नपर्ने गरी सम्वन्धलाई कसैले पर्गेल्न सक्छ भने त्यो प्रचण्ड नै हुन् । को आयो, कस्ले स्वागत गर्यो, कुन वस्त्र लगायो, कसरी वोल्यो वा मन्दीर किन पस्यो भन्ने तर्क समाजमा रहेका तेस्रो दर्जाका मस्तिष्कहरुको उपज हो । जो नेपालको पानी खान्छन्, डिभि भर्छन् र देशभक्त भएको हुलिया ओड्छन । सिमामा डुवान ,व्यापारमा घाटा ,अग्नीपथको कुरा र समयमा नसकिएका विकासे काम लगायतमा भारतसँग वसेर छिचोल्नु पर्ने धेरै कुराहरु छन् । र पनि यो भ्रमणमा जे भयो त्यो परीणाम सहित हाजिर छ । मुख्य कुरा देशले हारेन । हैदरावाद हाउसमा मुलुक होचो देखिएन । हाम्रो स्वभीमान जिउँदो गरी उभियो । यो एक क्रान्तिकारीको नेतृत्वबाट मात्र संभव थियो । प्रचण्डले मुलुकप्रति वफादार रहि यो युगिन दायित्व  कुशलतापुर्वक पुरा गरेका छन । 

यसकारण मुलुक जिताएर आएका प्रधानमन्त्रीलाई लाज नमानि भन –प्रचण्ड जिन्दावाद ! 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies