Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सुदूरपश्चिम प्रदेश- दश वर्षमा एक लाख ४२ हजार जनसंख्या वृद्धि

खबरडबली संवाददाता

कैलाली । पछिल्लो दश वर्षमा सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या एक लाख ४२ हजार दुई सय ६६ ले वृद्धि भएको छ । विसं २०६८ मा भएको राष्ट्रिय जनगणनामा २५ लाख ५२ हजार पाँच सय १७ जनसङ्ख्या रहेको यो प्रदेशको जनसङ्ख्या २०७८ मङ्सिरमा भएको जनगणनाको नतिजाअनुसार २६ लाख ९४ हजार सात सय ८३ पुगेको छ । 

केन्द्रीय तथ्याङ्क विभागले आज धनगढीमा गरेको राष्ट्रिय जनगणना, २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक गर्दै सुदूरपश्चिम प्रदेशमा पुरुषको तुलनामा महिलाको जनसङ्ख्या एक लाख ४९ हजार दुई सय ११ ले बढी रहेको जानकारी गराएको छ । महिला १४ लाख २१ हजार नौ सय ९७ र पुरुष १२ लाख ७२ हजार सात सय ८६ रहेको छ । 

प्रदेशको कूल जनसङ्ख्याको महिला प्रतिशत ५२ दशमलव ७७ र पुरुष ४७ दशमलव २३ हुन आउँछ । लैङ्गिक अनुपात प्रतिसय महिलामा पुरुषको सङ्ख्या ८९ दशमलव ५१ रहेको छ । 

दश वर्षअघिको गणनामा लैङ्गिक अनुपात ९१ दशमलव २५ थियो । वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ५२ प्रतिशत रहेको छ । प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या कैलालीमा नौ लाख चार हजार छ सय ६६ र सबैभन्दा कम जनसङ्ख्या दार्चुलामा एक लाख ३३ हजार तीन सय १० रहेको छ ।

सबैभन्दा बढी वार्षिक औसत जनसङ्ख्या वृद्धिदर भएको जिल्ला कैलाली देखिएको छ । यो जिल्लामा एक दशमलव ४८ प्रतिशत वृद्धिदर देखिएको छ । सबैभन्दा कम वार्षिक औसत जनसङ्ख्या वृद्धिदर भएको जिल्ला अछाम रहेको छ । 

सार्वजनिक गरिएको जनगणनाको नतिजाअनुसार यो प्रदेशको जनघनत्व  एक सय ३८ जना प्रतिवर्गकिलोमिटर रहेको छ । दश वर्षअघि यो प्रदेशको जनघनत्व प्रतिवर्गकिलोमिटर एकसय ३१ थियो । 

सबैभन्दा बढी जनघनत्व कञ्चनपुरमा र सबैभन्दा कम बझाङ जिल्लामा रहेको छ । उमेर समूहअनुसार यो प्रदेशमा १५ देखि ५९ वर्ष उमेर समूहको सङ्ख्या सबैभन्दा बढी अर्थात कूल जनसङ्ख्याको ५९ दशमलव पाँच प्रतिशत छ ।

चौध वर्ष वा सोभन्दा कम उमेरका ३१ प्रतिशत र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरको सङ्ख्या नौ दशमलव चार प्रतिशत छ । पाँच वर्ष वा सो भन्दा कम उमेरका कूल दुई लाख ९२ हजार चारसय ६७ जना बालबालिकामध्ये ८३ दशमलव तीन प्रतिशतको जन्म दर्ता गरेको देखिन्छ भने १६ दशमलव सात प्रतिशतको जन्म दर्ता भएको छैन ।

प्रदेशमा अझै पनि खुला कुवारइनारको पानी खानेपानीको प्रयोग गर्ने परिवार सङ्ख्या एक दशमलव चार प्रतिशत, नदी तथा खोलाको खानेपानी प्रयोग गर्ने शून्य दशमलव नौ प्रतिशत छ । 

प्रदेशको कूल परिवार पाँच लाख ७६ हजार सात सय ७२ मध्ये ५३ दशमलव तीन प्रतिशत परिवारले मुख्यरूपमा धारा र पाइपबाट, ३७ दशमलव एक प्रतिशतले ट्युबवेल र हाते पम्पबाट, शून्य दशमलव दुई प्रतिशतले जार र बोतलबाट, छ दशमलव दुई प्रतिशतले मूल धाराबाट, शून्य दशमलव छ प्रतिशतले ढाकिएको इनार र कुवाबाट खानेपानीको प्रयोग गरिरहेको तथ्याङ्कले देखाएको छ । 

खाना पकाउन काठ दाउराको प्रयोग गर्ने परिवार ७० दशमलव तीन प्रतिशत, एलपी ग्यासको प्रयोग गर्ने २५ दशमलव आठ प्रतिशत, बायोग्याँस प्रयोग गर्ने तीन दशमलव चार प्रतिशत र बिजुली प्रयोग गर्ने शून्य दशमलव तीन प्रतिशत पुगेका छन् ।

दश वर्ष अघिसम्म ९१ दशमलव एक प्रतिशतले काठ दाउरा र चार दशमलव एक प्रतिशतले एलपी ग्यास प्रयोग गर्ने गरेका थिए । राष्ट्रिय जनगणनाको नतिजाअनुसार यो प्रदेशमा बिजुली प्रयोग गर्ने परिवार ८१ दशमलव तीन प्रतिशत पुगेको छ । 

दश वर्ष अघिसम्म बिजुली प्रयोग गर्नेको सङ्ख्या ४८ दशमलव एक प्रतिशत थियो । पञ्चानब्बे दशमलव छ प्रतिशत परिवारले शौचालय प्रयोग गर्ने गरेकामा चार दशमलव चार प्रतिशत परिवार अझै पनि शौचालयको पहुँचबाहिर रहेको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेशमा एक लाख ७२ हजार एक सय १५ परिवारबाट तीन लाख ४३ हजार पाँच सय २३ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गर्छन् । 

पाँच वर्ष वा सोभन्दा बढी उमेरको कूल जनसङ्ख्यामा साक्षरता दर ७६ दशमलव दुई प्रतिशत रहेको छ । 

नेपालको औसत साक्षरता दर र सुदूरपश्चिम प्रदेशको साक्षरता दर एउटै देखिएको छ । यस्तै दश वर्ष वा सोभन्दा बढी उमेरका आर्थिकरूपले सक्रिय जनसङ्ख्या ७० दशमलव तीन प्रतिशत अर्थात १५ लाख ३५ हजार ६३ जना रहेका छन् । 

धर्म, जातजाति र भाषासम्बन्धी तथ्याङ्क भने तयार भइरहेको जनाइएको छ । तथ्याङ्क विभागका अधिकृत दीनानाथ लम्साल र केशवकुमार गौतमले जनगणना, २०७८ को नतिजा सार्वजनिक गरेका थिए। 

कार्यक्रममा आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष मोहनदेव विष्टलगायतले सार्वजनिक नतिजाका बारेमा धारणा राखे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending