Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

सुदूरपश्चिम प्रदेश- दश वर्षमा एक लाख ४२ हजार जनसंख्या वृद्धि

खबरडबली संवाददाता

कैलाली । पछिल्लो दश वर्षमा सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या एक लाख ४२ हजार दुई सय ६६ ले वृद्धि भएको छ । विसं २०६८ मा भएको राष्ट्रिय जनगणनामा २५ लाख ५२ हजार पाँच सय १७ जनसङ्ख्या रहेको यो प्रदेशको जनसङ्ख्या २०७८ मङ्सिरमा भएको जनगणनाको नतिजाअनुसार २६ लाख ९४ हजार सात सय ८३ पुगेको छ । 

केन्द्रीय तथ्याङ्क विभागले आज धनगढीमा गरेको राष्ट्रिय जनगणना, २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक गर्दै सुदूरपश्चिम प्रदेशमा पुरुषको तुलनामा महिलाको जनसङ्ख्या एक लाख ४९ हजार दुई सय ११ ले बढी रहेको जानकारी गराएको छ । महिला १४ लाख २१ हजार नौ सय ९७ र पुरुष १२ लाख ७२ हजार सात सय ८६ रहेको छ । 

प्रदेशको कूल जनसङ्ख्याको महिला प्रतिशत ५२ दशमलव ७७ र पुरुष ४७ दशमलव २३ हुन आउँछ । लैङ्गिक अनुपात प्रतिसय महिलामा पुरुषको सङ्ख्या ८९ दशमलव ५१ रहेको छ । 

दश वर्षअघिको गणनामा लैङ्गिक अनुपात ९१ दशमलव २५ थियो । वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ५२ प्रतिशत रहेको छ । प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या कैलालीमा नौ लाख चार हजार छ सय ६६ र सबैभन्दा कम जनसङ्ख्या दार्चुलामा एक लाख ३३ हजार तीन सय १० रहेको छ ।

सबैभन्दा बढी वार्षिक औसत जनसङ्ख्या वृद्धिदर भएको जिल्ला कैलाली देखिएको छ । यो जिल्लामा एक दशमलव ४८ प्रतिशत वृद्धिदर देखिएको छ । सबैभन्दा कम वार्षिक औसत जनसङ्ख्या वृद्धिदर भएको जिल्ला अछाम रहेको छ । 

सार्वजनिक गरिएको जनगणनाको नतिजाअनुसार यो प्रदेशको जनघनत्व  एक सय ३८ जना प्रतिवर्गकिलोमिटर रहेको छ । दश वर्षअघि यो प्रदेशको जनघनत्व प्रतिवर्गकिलोमिटर एकसय ३१ थियो । 

सबैभन्दा बढी जनघनत्व कञ्चनपुरमा र सबैभन्दा कम बझाङ जिल्लामा रहेको छ । उमेर समूहअनुसार यो प्रदेशमा १५ देखि ५९ वर्ष उमेर समूहको सङ्ख्या सबैभन्दा बढी अर्थात कूल जनसङ्ख्याको ५९ दशमलव पाँच प्रतिशत छ ।

चौध वर्ष वा सोभन्दा कम उमेरका ३१ प्रतिशत र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरको सङ्ख्या नौ दशमलव चार प्रतिशत छ । पाँच वर्ष वा सो भन्दा कम उमेरका कूल दुई लाख ९२ हजार चारसय ६७ जना बालबालिकामध्ये ८३ दशमलव तीन प्रतिशतको जन्म दर्ता गरेको देखिन्छ भने १६ दशमलव सात प्रतिशतको जन्म दर्ता भएको छैन ।

प्रदेशमा अझै पनि खुला कुवारइनारको पानी खानेपानीको प्रयोग गर्ने परिवार सङ्ख्या एक दशमलव चार प्रतिशत, नदी तथा खोलाको खानेपानी प्रयोग गर्ने शून्य दशमलव नौ प्रतिशत छ । 

प्रदेशको कूल परिवार पाँच लाख ७६ हजार सात सय ७२ मध्ये ५३ दशमलव तीन प्रतिशत परिवारले मुख्यरूपमा धारा र पाइपबाट, ३७ दशमलव एक प्रतिशतले ट्युबवेल र हाते पम्पबाट, शून्य दशमलव दुई प्रतिशतले जार र बोतलबाट, छ दशमलव दुई प्रतिशतले मूल धाराबाट, शून्य दशमलव छ प्रतिशतले ढाकिएको इनार र कुवाबाट खानेपानीको प्रयोग गरिरहेको तथ्याङ्कले देखाएको छ । 

खाना पकाउन काठ दाउराको प्रयोग गर्ने परिवार ७० दशमलव तीन प्रतिशत, एलपी ग्यासको प्रयोग गर्ने २५ दशमलव आठ प्रतिशत, बायोग्याँस प्रयोग गर्ने तीन दशमलव चार प्रतिशत र बिजुली प्रयोग गर्ने शून्य दशमलव तीन प्रतिशत पुगेका छन् ।

दश वर्ष अघिसम्म ९१ दशमलव एक प्रतिशतले काठ दाउरा र चार दशमलव एक प्रतिशतले एलपी ग्यास प्रयोग गर्ने गरेका थिए । राष्ट्रिय जनगणनाको नतिजाअनुसार यो प्रदेशमा बिजुली प्रयोग गर्ने परिवार ८१ दशमलव तीन प्रतिशत पुगेको छ । 

दश वर्ष अघिसम्म बिजुली प्रयोग गर्नेको सङ्ख्या ४८ दशमलव एक प्रतिशत थियो । पञ्चानब्बे दशमलव छ प्रतिशत परिवारले शौचालय प्रयोग गर्ने गरेकामा चार दशमलव चार प्रतिशत परिवार अझै पनि शौचालयको पहुँचबाहिर रहेको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेशमा एक लाख ७२ हजार एक सय १५ परिवारबाट तीन लाख ४३ हजार पाँच सय २३ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गर्छन् । 

पाँच वर्ष वा सोभन्दा बढी उमेरको कूल जनसङ्ख्यामा साक्षरता दर ७६ दशमलव दुई प्रतिशत रहेको छ । 

नेपालको औसत साक्षरता दर र सुदूरपश्चिम प्रदेशको साक्षरता दर एउटै देखिएको छ । यस्तै दश वर्ष वा सोभन्दा बढी उमेरका आर्थिकरूपले सक्रिय जनसङ्ख्या ७० दशमलव तीन प्रतिशत अर्थात १५ लाख ३५ हजार ६३ जना रहेका छन् । 

धर्म, जातजाति र भाषासम्बन्धी तथ्याङ्क भने तयार भइरहेको जनाइएको छ । तथ्याङ्क विभागका अधिकृत दीनानाथ लम्साल र केशवकुमार गौतमले जनगणना, २०७८ को नतिजा सार्वजनिक गरेका थिए। 

कार्यक्रममा आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष मोहनदेव विष्टलगायतले सार्वजनिक नतिजाका बारेमा धारणा राखे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending