काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अभ्यास खेलका लागि दक्षिण अफ्रिका प्रस्थान गरेको छ।
मुख्य प्रशिक्षक मोन्टी देशाइ र नेपाली टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेबिनै नेपाली टोली गएराति दक्षिण अफ्रिका गएको छ।
बलात्कारको आरोप लागेका सन्दीप अदालतको अन्तिम फैसलाको प्रतिक्षामा छन्। उनको अन्तिम फैसला नआएसम्म क्यानले विदेश भ्रमणमा नपठाउन जनाएको छ।
क्यानका क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपको एक हप्तापछि पेशी भएको हुँनाले आउने जाने गाह्रो हुने भन्दै नपठाउने निर्णय गरेको बताए। पेशीमा सन्दीप आफै उपस्थित हुनुपर्नेछ।
मुख्य प्रशिक्षक मोन्टी अमेरिका गएका थिए। तर भिसा नलागेपछि त्यतैबाट भारत गएका छन्। त्यसैको कारण उनी पनि टोलीमा हुने छैनन्।
पाठकका अनुसार मोन्टीको अमेरिकाबाट भिसा रिजेक्ट भएका कारण उनी टोलीमा सहभागी नहुने भएका हुन्। नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग चार अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली त्यहाँबाट जेठ २८ गते जिम्बाबे जानेछ।
आगामी असार ३ गतेदेखि जिम्बाब्वेमा दश राष्ट्र सहभागी विश्वकप छनोट खेलका लागि नेपाली टोली जिम्बाबे जाने भएको हो। नेपालले पहिलो खेल आयोजक जिम्बाबेसँग असार ३ मा हरारे स्पोट्स क्लबमा खेल्नेछ।
नेपालले पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेको छ। विश्व क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेल जितेर नेपाल सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ।
यस्तै घरेलु मैदानमा भएको एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपका लागि पनि छनोट भएको हो। नेपाल रहेको समूह–ए मा जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्डस् छन्। समूह–बी मा आयरल्यान्ड, श्रीलङका, युएई, ओमान र स्कटल्यान्ड छन्।
समूहका शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन्। छनोट खेलबाट दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकप यात्रा तय गर्नेछन्। आफू जान नपाएपछि सन्दिपले फेशबुकबाटै शुभकामना दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: