काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अभ्यास खेलका लागि दक्षिण अफ्रिका प्रस्थान गरेको छ।
मुख्य प्रशिक्षक मोन्टी देशाइ र नेपाली टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेबिनै नेपाली टोली गएराति दक्षिण अफ्रिका गएको छ।
बलात्कारको आरोप लागेका सन्दीप अदालतको अन्तिम फैसलाको प्रतिक्षामा छन्। उनको अन्तिम फैसला नआएसम्म क्यानले विदेश भ्रमणमा नपठाउन जनाएको छ।
क्यानका क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपको एक हप्तापछि पेशी भएको हुँनाले आउने जाने गाह्रो हुने भन्दै नपठाउने निर्णय गरेको बताए। पेशीमा सन्दीप आफै उपस्थित हुनुपर्नेछ।
मुख्य प्रशिक्षक मोन्टी अमेरिका गएका थिए। तर भिसा नलागेपछि त्यतैबाट भारत गएका छन्। त्यसैको कारण उनी पनि टोलीमा हुने छैनन्।
पाठकका अनुसार मोन्टीको अमेरिकाबाट भिसा रिजेक्ट भएका कारण उनी टोलीमा सहभागी नहुने भएका हुन्। नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग चार अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली त्यहाँबाट जेठ २८ गते जिम्बाबे जानेछ।
आगामी असार ३ गतेदेखि जिम्बाब्वेमा दश राष्ट्र सहभागी विश्वकप छनोट खेलका लागि नेपाली टोली जिम्बाबे जाने भएको हो। नेपालले पहिलो खेल आयोजक जिम्बाबेसँग असार ३ मा हरारे स्पोट्स क्लबमा खेल्नेछ।
नेपालले पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेको छ। विश्व क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेल जितेर नेपाल सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ।
यस्तै घरेलु मैदानमा भएको एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपका लागि पनि छनोट भएको हो। नेपाल रहेको समूह–ए मा जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्डस् छन्। समूह–बी मा आयरल्यान्ड, श्रीलङका, युएई, ओमान र स्कटल्यान्ड छन्।
समूहका शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन्। छनोट खेलबाट दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकप यात्रा तय गर्नेछन्। आफू जान नपाएपछि सन्दिपले फेशबुकबाटै शुभकामना दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८० - ०९:४०
काठमाडौँ । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि ...
आश्विन ४ गते, २०८० - ०९:३२
विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने शिक्षकहरुको अडान
आश्विन ४ गते, २०८० - ०९:००
भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत ...
आश्विन ४ गते, २०८० - ०८:५२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको केन्द्रीय कार...
आश्विन ४ गते, २०८० - ०८:३४
काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बाले वैवाहिक सम्वन्धबारे थप खुलासा गरेकी छन्। एक युट्युव च्यानललाई अन्तरवार्ता दिँदै माल्भिकाले आफू पूर्वपतिसँग...
आश्विन ४ गते, २०८० - ०८:००
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन-११ बारे छलफल हुने जनाइएको छ। बैठक ...
आश्विन ४ गते, २०८० - ०७:४४
काठमाडौं । साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ। दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सा...
आश्विन ४ गते, २०८० - ०७:२९
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यही १४ असोजदेखि ‘समाजवाद जागरण यात्रा’ झापाको काँकडभिटास्थित मेची नदीबाट सुरु गर्ने भएको छ । पार्टीले अवलम्बन...
आश्विन ४ गते, २०८० - ०७:१८
शेखरको विश्वास- शशांक र सुजाताको साथ भए सफलता मिल्थ्यो
आश्विन ४ गते, २०८० - ०७:०५
न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री यु...
प्रतिकृया लेख्नुहोस्: