Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठुला एक्सन हुन्छन् : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताएका छन्। प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

 अहिले सरकारको नेतृत्व गर्ने अवसर आन्दोलनमा निरन्तर खारिएको नेतृत्वको पहलकदमी  र वैचारीक लामो संर्घर्षबाट खारिएको नेतृत्वको पहलकदमीले मात्रै सम्भव भएको उनले बताए । उनले युद्ध देखि शान्ति प्रक्रियाको हालको अवस्थामा आइपुग्दाको अनुभवको आधारमा आफु देशको नेतृत्व लिने निर्णयमा पुगेको समेत बताए ।
 
सरकारले सुसासन र समृद्धिको संकल्पका साथ काम सुरु गरेको बताए । सरकारले नेतृत्व गरेर यहाँसम्म आउँदा एउटा नयाँ अन्दोलेन नयाँ अभियान र नयाँ सस्कारको सुरुवात हुन खोजेको महशुस जनतामा भएको प्रधानमन्त्रीले बताएका छन् ।


जनयुद्धका क्रममा जुन मानसिकताका साथ हाम फालिएको थियो अहिले सुसासन,समृद्धि र भ्रष्टाचारका विरुद्ध त्यहि मानसिकताका साथ हाम फालेको प्रधानमन्त्रीले बताए । विचार,राष्ट र जनताको निम्ति नयाँ सकल्पका साथ लागेको बताए । 

प्रधानमन्त्री प्रचण्डले भने १० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौं, त्यसैगरी  अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौं । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी अहिले पनि हामी त्यहि शंकल्पका साथ लागेको छौं।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा साथ दिने बताएका छन् । उनले भने, जसरी १० वर्षे जनयुद्धमा लाखौ करोडौ जनताको साथ पाएका थियौं, त्यसैगरी अब पनि हामी साथ पाउनेछौं। अहिले नदेखिएको मात्रै हो । केहि समय भित्रै ठुला ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं । 

प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठानले भन्दा पनि संख्याले काम गर्ने बताए। उनले भने, संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिष्टको सभा रहेनछ । बिचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् ।
 
आफुहरु नेतृत्वमा गएदेखि आफुहरुलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफुहरु घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उनले भने हामी नेतृत्वमा बसेको दिनदेखि अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको छ । तर पनि हामी ति घेरालाई छिचोल्दै यो बिन्दुसम्म आइपुगेका छौ । सुशासन र समृद्धि नै प्रमुख लक्ष्य भएकाले अवसर र चुनौती दुबै हाम्रा माझ छ । यहाँसम्म आउदाँ जनतामा एउटा नयाँ अभियार र संस्कारको सुरुवात हुन खोजेको अनुभूति भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले सहितका सपना पुरा गर्नका लागि पनि आफुहरुले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको बताए। उनले प्रेस सेन्टर नेपाल जनमत तयार पार्ने अग्रमोर्चामा रहेकाले इमान्दिारिताका साथ र निष्ठाका साथ कृष्णसेन लगायतका सहिदलाई स्मरण गरेर स्वयमसेवी तरिकाले लडाईमा साथ दिन आग्रह पनि गरे ।

किष्ण सने इच्छुक क्रान्तिकारी विचार र  निष्ठा भएका क्रान्तिकारी साहित्यकार तथा पत्रकार भएको भन्दै कृष्णसेनको स्मरण गरे । उनले भने कृष्णसेन पद प्रतिष्ठा र व्यक्तिगत लाभ हानीलाई नहेरी निष्ठामा अगाडी बढ्ने योद्धा हुनुहुन्थ्यो । एकपटक मैले उहाँलाई केन्द्रीय समितिमा प्रस्ताव गर्दा अर्को कामरेडलाई त्यो जिम्मेवारी दिन आग्रह गर्नुभयो । पार्टीमा तिब्र वैचारिक बहस र छलफल चल्दा कृष्णसेन जहिले पनि क्रान्तिकारी कित्तामा लाग्नुभयो । जेलनेलको यातना भोग्दा पनि कहिल्यै डगमगाउनु भएन । कृष्णसेनलाई नेपाली समाजले प्रेरणाको रुपमा लिने गरेको समेत बताए । विचार निष्ठाप्रतिको त्याग नै कृष्णसेन इच्छुक प्रतिको सहि सम्मान हुने प्रधानमन्त्रीको भनाई थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २०७ पालिका इच्छुक

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...

अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गर्न थाले राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...

मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...

राष्ट्रपतिद्वारा एक मात्र अध्यादेश जारी, बाँकीबारे परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...

सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending