सप्तरी । पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्राप्त गरेको अनौठो घटना उजागर भएको छ । स्वास्थ्य अवस्था ठिक र स्थल मै पुगेर लिखित, मौखिक परिक्षा र ट्रायल परिक्षण लगायतका प्रक्रियामा सफल भए मात्रै सवारी चालक अनुमती प्रमाण पत्र पाउने यातायात व्यवस्था ऐनमा उल्लेख छ ।
तर यहाँ स्थित राजविराज कारागारमा जेल जीवन विताई रहेका सप्तरीको साविक कल्याणपुृर गाविस हाल खडक नगरपालिका ७ वस्ने मो।मन्जुर मियाँको २२ वर्षिय छोरा मो.सैयद मियाँले त्यस्तो कुनै प्रक्रिया नै पुरा न गरी सवारी चालक अनुमती पत्र प्राप्त गरेको चकित तुल्याउने घट्ना सार्वजनिक भएको हो ।
अपहरण तथा शरिर बन्धक मुदामा उनी २०७४ बैशाख ५ गते देखी राजविराज कारागारमा छन् । तर उनको हातमा २्र०७४ साल असार ३० गते सुनसरीको इटहरी स्थित यातायात व्यवस्था कार्यालयबाट वस, ट्रक, लहरी (हेवी सवारी साधन)को सवारी चालक अनुमती पत्र प्राप्त गरेको पाइएको अचम्मको घटना उजागर भएको छ ।
उनको साथमा रहेको सवारी चालक अनुमती पत्रको सिरियल नम्बर ३९९०५६१ हो । लाइसेन्स नं.०२–००–११–३४ हो । लाईसेन्सको अवधी सकिने मिति २०७९ असार ३० गते हो । लाईसेन्समा उल्लेखित नागरिक्ता नं.१६ १०७९÷३२२ र सैयद मियाँ संग रहेको नेपाली नागरिक्ताको नम्बर पनि एउटै हो । लाईसेन्स र नागरिक्ता दुबैमा बुवाको नाम मन्जुर मियाँ र ठेगाना कल्याणपुर उल्लेख छ ।
सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार दुर्गा प्रसाद साहको जाहेरीले चलाइएको अपहरण तथा शरिर बन्धक मुदामा मो।सैयद सहित २ जनालाई २०७४ साल बैशाख ५ गते पक्राउ गरी पुर्पक्षका लागी राजविराज कारागार चलान गरिएको थियो ।
त्यसपछी २०७५ साल फागुन १४ गते अदालतले मो.सैयद मियाँलाई ९ वर्ष कैद र ५० हजार रुपैया जरिवाना गरेको थियो । अदालतको आदेशमा जरिवाना रकम बुझाउन न सके सो वापत ५ महिना १६ दिन थप कैदमा राख्ने र कैद भुक्तान सकिने मिति २०८३ साल असोज २० गते रहेको समेत उल्लेख छ ।
सोही अनुसार उनी २०७४ बैशाख ५ देखि नै हाल सम्म कैद भुक्तानका लागी राजविराज कारागार मै छन् । उनी कारागार मै रहेको अवस्थामा कसरी सवारी चालक अनुमती पत्र प्राप्त गरे भन्ने कुरा आश्चर्य र अनुसन्धानको विषय रहेको कानून व्यवसायी एवं प्रदेश सभासदस्य किरण कुमारी साहको भनाई छ । सैयदले आफन्त मार्फत सो चालक अनुमती पत्रको नविकरण गर्न खोज्दा यसको रहस्योदघाटन भएको हो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: