Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता

खबरडबली संवाददाता

काठमाडौ ।मुलुकको सङ्घीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिनुभयो । “पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ”, उनले भने।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए । पछिल्लो समय काठमाडौँमा बैंकिङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७, आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।

परिसरमा गत आवमा बैंकिङ  कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार तीन सय ४३ मुद्दा दर्ता भएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending