काठमाडौ । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पिछडिएको वर्ग र समुदायका लागि ठोस् कुरा नभएको टिप्पणी गरेको छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले नीति तथा कार्यक्रमको बुँदा नं १ मा उल्लेखित जनयुद्ध शब्दप्रति आपत्ति जनाए । उनले यो शब्द नेपाली कांग्रेसलाई मान्य हुन्छ कि हुँदैन ? भनी प्रश्न गरे ।
नेता भट्टराईले नेपाललाई एउटा समतामुखी राज्यका रुपमा विकास गर्न महिला, दलित, पिछडिएको क्षेत्र र राज्यको मूलप्रवाहीकरणमा समेटिन नसकेका व्यक्तिका लागि नीति तथा कार्यक्रममा विशेष कार्यक्रम हुनुपर्ने बताए।
हिमाली र पहाडी क्षेत्रबाट मानिस तराई र ठूला सहरमा बसाइँसराइँ गरिरहेको उल्लेख गर्दै उनले हिमाल र पहाडमा स्थानीय मानिसलाई अड्याउन सकिएन भने देशको संरचना के हुन्छ ? भनी प्रश्न गरे।
मध्यपहाडी पुष्पलाल राजमार्गको निर्माण बसाइँसराइँ रोक्नका लागि गरिएको बताउँदै उनले मधेसका उर्वर भूमि खण्डित र बिक्री नहोस् भनेर आफूहरुले त्यो अवधारणा ल्याएको जिकिर गरे ।
नेता भट्टराईले भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थान बनाउनु कमजोरी नभएको स्पष्ट पार्दै व्यवसायिकरुपमा सञ्चालन गर्न नसक्नु चै कमजोरी भएको बताए । भारतसँग कूटनीतिक सम्झौतामार्फत विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अघि बढाउन उनले सुुझाव दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - १७:३८
काठमाडौँ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेको छन् । बाह्रखर...
बैशाख १९ गते, २०८३ - १७:००
काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका ...
बैशाख १९ गते, २०८३ - १६:४८
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले बागमती नदी किनारमा सुकुमवासी बस्ती हटाउने क्रममा देखिएको मानवीय पीडामाथि प्रश्न उठाउँदै सरकारको विकास ...
बैशाख १९ गते, २०८३ - १६:३८
तेहरान। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्...
बैशाख १९ गते, २०८३ - १६:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संव...
बैशाख १९ गते, २०८३ - १६:२०
काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेपछि रोकिएको डोजरले पुन: काम अघि बढाएको छ। उक्त क्ष...
बैशाख १९ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्ने...
बैशाख १९ गते, २०८३ - १५:४२
सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्...
बैशाख १९ गते, २०८३ - १५:३०
काठमाडौँ । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा...
बैशाख १९ गते, २०८३ - १५:१०
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्...


प्रतिकृया लेख्नुहोस्: