काठमाडौं । सरकारी अनुमतिबिना मनोमानी तरिकाले पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण (सेमिनार) गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलारुस स्थायी ठेगाना भई काठमाडौँस्थित मेरियट होटल बस्दै आएकी ३० वर्षीया रीता फियाडोसिक तथा सोही ठाउँका ३७ वर्षीय ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जाल टिकटकमार्फत विज्ञापन जानकारी गराई पोल्याण्डमा रोजगारीका बारेमा यही जेठ ६ र ७ गते सेमिनार गर्ने भनी उक्त होटलमा हल बुक गरी ठूलो सङ्ख्यामा (अन्दाजी पाँच सय जना) नेपाली नागरिकको भेला गर्ने भनी सम्पूर्ण तयारी पूरा गरेको तथा सो विषयमा नेपालस्थित कुनै पनि सरकारी निकायलाई जानकारी नगराएको हुँदा निजहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वैदेशिक रोजगार विभागसँग समन्वय गरी नियन्त्रणमा लिएका निज विदेशी नागरिकलाई वैदेशिक रोजगार विभागलाई जानकारी गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...


प्रतिकृया लेख्नुहोस्: