Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सुदूरपश्चिममा अझै मिलेन मन्त्रालय भागबण्डा

खबरडबली संवाददाता

धनगढी। शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गर्ने र नयाँ मन्त्रीहरूको शपथ पनि गर्ने तयारी थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेन ।

सुदूरपश्चिमका सत्तारुढ गठबन्धन घटकको बैठक शुक्रबार बिना निष्कर्ष टुंगिएको छ । भागबण्डामा दलहरुबीच सहमति जुट्न नसकेपछि शनिबार पुनः छलफल गरी निकास निकाल्ने गरी शुक्रबारको बैठक टुंगिएको हो ।

नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

माओवादी केन्द्रले एक राज्यमन्त्रीसहित सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आफ्नो दाबी नछाडेपछि सहमति जुट्न नसकेको हो ।

बैठकबाट बाहिरिँदै नागरिक उन्मुक्तिका नेता तथा प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले भने, ‘केन्द्रमा भएको सहमति कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । माओवादीका साथीहरुले सो सहमति कार्यान्वयनमा सहयोग गर्नुपर्छ भन्ने हो ।’ केही साता अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता र आफूहरुबीच २ मन्त्रालयमा सहमति भएको उनको भनाइ छ ।

त्यस्तै, माओवादी केन्द्रले प्रदेशसभामा भएको सिट संख्याको आधारमा आफूले २ मन्त्रालय र १ राज्यमन्त्री पाउनुपर्ने अडान लिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार बिहान १० बजे फेरि गठबन्धनको बैठक बस्ने र सो छलफलबाट निकास आउने बताए ।

रातोपाटीसँग मुख्यमन्त्री शाहले भने, ‘नागरिक उन्मुक्तिका साथीहरुले सरकारबारे भोलि निर्णय दिने बताउनुभएको छ । भोलि नै मन्त्रीमण्डलले पूर्णता पाउनेमा हामी ढुक्क छौं ।’

सत्तारुढ दलभित्र नागरिक उन्मुक्तिलाई १ मन्त्रालयसहित राज्यमन्त्री दिने तयारी गरिएको बताइएको छ । तर नागरिक उन्मुक्तिले २ मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । ५३ सदस्यीय प्रदेशसभामा सत्तारुढ दलमध्ये नेपाली कांग्रेसका १९, माओवादीका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन् ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १०, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies