Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नेता खनालको सचिवालयले भन्यो : सुरक्षा निकायले हामीलाई किन नरोकेको ?

खबरडबली संवाददाता

काठमाडौँ। काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको सचिवालयले गाडी 'विना अनुमति डोमेस्टिक याम्प एरिया प्रवेश' गरेको विषयमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

केही सञ्चारमाध्यमले उक्त विषयमा समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै नेता खनालको सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री झलनाथ खनाल १९ गते जनकपुरबाट काठमाडौँ आउँदै गर्दा पहिलेकै सिस्टम अनुरूप नै एयरपोर्टको सुरक्षा टिम र नेपाल नागरिक उड्डयन प्राधिकरण र त्यो अन्तर्गत निकायहरूसँगको समन्वयमा पूर्वप्रधानमन्त्रीको गाडी आन्तरिक टर्मिनलसम्म पुगेको हो । यसभन्दा अगाडि पनि कैयौं पटक डोमेस्टिक एयरपोटबाट काठमाण्डौं बाहिर जाने र आउने त्यसै समन्वयको प्रक्रियाबाट अगाडि बढिरहेको अवस्था हो । हामी मात्र नभई सबै पूर्व प्रधानमन्त्रीहरूले यही सिस्टम अवलम्बन गर्दै आइरहेको अवस्था हो ।’

नियम कानूनमै थिएन भने त्यहाँ जानुपूर्व नेपाल नागरिक उड्डयन प्राधिकरण वा अन्य सुरक्षा निकायले किन नरोकेको भनी प्रश्न गरिएको छ । 

‘के पूर्वप्रधानमन्त्रीको गाडी जबरजस्ती त्यहाँ गएको हो र रु एयरलाइन्स र त्यहाँ खटिने सुरक्षा टिमद्वारा नै स्कट गरेर जहाजकै ढोकासम्म किन पुर्‍याइयो रु नियममा थिएन भने किन यस्तो गरेको ?’, विज्ञप्तिमा प्रश्न गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending