Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

सिस्नो र गुन्द्रुक बन्यो आम्दानीको स्रोत

खबरडबली संवाददाता

ढोरपाटन । बारीका काँल्लोभरि पाइने सिक्ने र जङ्गलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ । कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट परिकार बनेको छ । 

बागलुङको जैमिनी नगरपालिका–३ दमेकका स्थानीयले गाउँमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक कोशेलीका रुपमा प्रयोग गर्दै आएका छन् । स्थानीयले घरमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रको परिकार बनाएर खानमेत दिन्छन् ।

पछिल्लो समय विभिन्न कार्यक्रममा सहभागी हुने पहुनालाई आयातित मायाको चिनोमा हजारौँ रुपैयाँ खर्च गरिँदै आएका सन्दर्भमा जैमिनीका स्थानीयले स्थानीयस्तरमै उत्पादित वस्तुको प्रयोग गर्न थालेका छन् । यसले उत्पादनको प्रवर्द्धन गरिरहेको छ भने आयातित वस्तुमा खर्च गर्ने रकम बचत गराइदिएको छ । गाउँघरमा खेर गइरहेका सिस्नो र बाँको अहिले पाहुनाको स्वादिष्ट परिकार बन्न पुगेको छ । यतिमा मात्रै नभई स्थानीयको आयआर्जनको गतिलो माध्यम बनेको छ ।

सिस्नो र बाँकोको प्रशोधन गरी बनेका पाउडर तथा सिन्कीको माग पछिल्लो समय बढ्दै गएको छ । खासगरी पहिले चुलोचौकोमा सीमित बनेका महिला अहिले व्यावसायिक बनेका छन् । यहाँका महिलाले सिस्नोको पाउडर र गुन्द्रुकसँगै आलुको चिप्ससमेत बनाउन थालेका छन् । यसले आलुको मूल्य दोब्बर पर्न थालेको छ । सीप सिकेर गाउँघरमा उत्पादित वस्तु प्रशोधन गरी नयाँ परिकार बनाउन थालेपछि आफूहरुको दैनिकी नै बदलिएको स्थानीय तारादेवी पुनले बताइन् ।

गाजा दह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्षसमेत रहेकी पुनले आर्थिकरुपमा पनि महिला बिस्तारै मजबुत बन्दै जान थालेको बताइन् । पहिले अरुकै भरपर्ने स्थिति रहेको सुनाउँदै सीपले महिलालाई आत्मनिर्भर बनाउँदै गएको पुनको भनाइ छ । गाउँका महिला पनि पछिल्लो समय उत्पादन र व्यवसायमा लागेको पुन बताइन् ।

“सबैभन्दा ठूलो सीप रैछ, सीपले सबैलाई आत्मनिर्भर बनाउन ठूलो मद्दत गर्दो रैछ, पहिले यतिकै खेर गइरहेका सिस्नो र बाँको अहिले पैसा कमाउने वस्तु बनेको छ, घरमा आउने आफन्त र पाहुनालाई सिस्नोको पाउडर र गुन्द्रुक खान दिन्छौँ, बिदाइ भएर जाँदा कोसेलीका रुपमा थोरै धेरै दिएर पठाउँछौँ”, पुनले भनिन्, “अहिले गाउँका दिदीबहिनी सबै खुसी भएका छौँ, पहिले महत्वहीन मानेको सिस्ने अहिले निकै महत्त्वपूर्ण भएको बुझ्यौँ ।”

सिस्नोको पाउडर बजारीकरणमा नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन् । चालू आर्थिक वर्षमा दुई हजार किलो सिस्नो पाउडर तयार गरी बिक्री भइसकेको छ । बजार मागअनुसार माग पूरा गर्न कठिन भएको पुनको भनाइ छ । माग बढ्दै गएपछि खाली जमिनमा सिस्नो रोप्ने तयारी भइरहेको पुनले बताइन् । 

सिस्नो पाउडर निर्माणको तालिम पाउनुअघि घर छेउछाउ, खेतबारी तथा खरवारीमा भएका सिस्नो मास्न आगो लगाउने, उखेल्ने स्थानीय अर्थोपार्जनसँग जोडिएपछि संरक्षण र विस्तारमा लागेका छन् । दमेकको सिस्नो पाउडर नेपालका ठूला सहर, ठूलो होटेलदेखि विदेशबाट पनि माग भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । चितवन, काठमाडौँ, पोखरा र हङ्कङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताए । 

उपप्रमुख शर्माले भने, “यहाँका नागरिकले आम्दानीका लागि नगरपालिकाले एउटा प्रयास गर्‍यो, त्यो प्रयास सफल हुँदै गएको छ, दिदीबहिनीलाई तालिम र केही मेसिनको व्यवस्था गरेका थियौँ, उहाँहरु उत्पादनमा लाग्नुभयो, अहिले धेरै राम्रो भएको छ, उहाँले बेच्नसक्ने आफैँ बेच्नुहुन्छ, नत्र नगरपालिकाले त्यसको प्रबन्ध मिलाएको छ ।”

प्रतिकेजी छ सय ५० रुपैयाँमा सिस्नोको धुलो बिक्री भइरहेको छ । सिस्नोको धुलो जस्तै बाँकोको गुन्द्रुक पनि दमकको परिचय बनेको छ । बाँकोको गुन्द्रक एक सय ग्रामलाई दुई सय रुपैयाँमा बिक्री हुन्छ । स्थानीय कृष्ण पुनले यो क्षेत्रमा धान, गहुँ र मकै कम उत्पादन हुने हुँदा आफूहरु आलु उत्पादनमा लाग्दै आएको बताए । सिस्नोको माग बढ्न थालेपछि आलुसँगै बाँको र सिस्नो खेती विस्तार गर्न थालेको उनले बताए । अहिले गाउँका धेरै स्थानीय आलु र सिस्नो खेतीमा लाग्न थालेको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अधुरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन

राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक...

सप्तरीमा बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय आन्दोलित

सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै,...

साउन यता १७ गैंडा मरे

चितवन। चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्ष...

जेनजी आन्दोलनका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण

सुलीकोट। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा...

एक सातामै सुनको भाउ ३४ हजारले घट्यो, आज तोलाको कति छ ?

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसाय...

बाजुरामा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

बाजुरा। बाजुरामा नवजात शिशु सहित सुत्केरी महिला मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उहाँले ...

भक्तपुरको दुवाकोटमा केएमसी अस्पतालको सेवा, सुनील शर्माद्धारा उद्घाटन

भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...

अमेरिकी–इरानी तनाव : ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...

राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा, महाधिवेशनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: