काठमाडौं। सरकार देशमा शान्तिसुरक्षा कायम गर्न असफल भएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनाएको छ ।
शुक्रबार एमालेले पत्रकार सम्मेलन गर्दै ‘कोशी प्रदेश’मा एमाले लक्षित आन्दोलन भइरहेको भन्दै सरकारले शान्तिसुरक्षा दिन असफल भएको आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षाको जिम्मेवारी आफैैंले लिनुपर्ने अवस्था आएको बताउँदै भने, ‘हरेक दलले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैंले लिनुपर्ने अवस्था आउनु भनेको राज्य र शासन रहँदैन । यो कुरा पनि पहिलेदेखि सरकारलाई भनिसकेका छौं ।’ एमालेको पकड क्षेत्रमा राज्य संरक्षित आतंक सिर्जना गरेर कमजोर बनाउने खोजेको उनको भनाइ छ ।
उनले भने, ‘हामीमा आकस्मिक रुपमा घटना हो कि भनेर ठानेका थियौं तर योजनाबद्ध रुपमा भएको देखियो । यसमा सत्तारुढ दलको कार्यकर्ता संलग्न भएको पाएका छौं ।’
एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङमाथि झापा र इलाममा भएको कार्यक्रममा विरोध प्रदर्शन र अवरोध सिर्जना गर्ने काम भएकाले एमालेले यस्तो आरोप लगाएको हो ।
पत्रकार सम्मेलन सचिव योगेश भट्टराईले कोशी प्रदेशमा भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै आगोमा घिउ थप्ने काम गरेको आरोप लगाए ।
उनले भने, ‘प्रधानमन्त्रीले आगोमा घिउ थप्ने काम गरिरहनुभएको छ । पहिलो मुख्यमन्त्रीलाई नामाकरण गर्न सहमति दिनुभयो तर नामाकरणपछि त्यसबाट फिर्ता भएको घोषणा गर्नुभयो ।’
राज्यलाई असफल भएर टाउकोमा टेकेर ढाडमा हान्न खोजेको भट्टराईले टिप्पणी गर्दै भने, ‘कोशी प्रदेशमा प्रचण्डपथ असफल हुन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: