Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

चीनको सामना गर्न थप क्षेप्यास्त्र खरिद् गर्दै अस्ट्रेलिया

खबरडबली संवाददाता

काठमाडौं । अस्ट्रेलियाले चीनबाट बढ्दो खतराको सामना गर्न लामो दूरीको क्षेप्यास्त्र खरिद् गर्ने प्रयासलाई तीव्र बनाउने एक महत्त्वपूर्ण रक्षा मामिला सम्बन्धी समीक्षाले बताएको छ।

समीक्षामा उक्त देश भौगोलिक रूपमा एक्लिएको भए पनि "क्षेप्यास्त्रको युग"मा सुरक्षित रहन नसक्ने चेतावनी समेत दिएको छ। सरकारले उक्त प्रतिवेदनले सिफारिस गरेका केही सुविधा तत्काल उपलब्ध गराउन एक करोड नब्बे लाख अस्ट्रेलियन डलर खर्च गर्नेछ।

११० पृष्ठ लामो अध्ययनलाई दोस्रो विश्वयुद्ध पछि अस्ट्रेलियाली रक्षाको सबैभन्दा ठूलो परिमार्जनको रूपमा व्याख्या गरिएको छ। द डिफेन्स स्ट्राटेजिक रिभ्यू (डीएसआर), ताइवानबारे चीनको अडान, बढ्दो क्षेत्रीय तनाव र आवश्यक परे बल प्रयोग गर्ने पटक पटकको धम्कीबिच आएको हो।

चिनियाँ नौसेनाले साउथ चाइना सीमा आफ्नो व्यापक उपस्थिति स्थापित गरेको छ र अन्तर्राष्ट्रिय कानुन उलङ्घन गर्दै यसको केही भागलाई आफ्नो क्षेत्र भएको दाबी गरेको छ।

"चीनको सैन्य विस्तार दोस्रो विश्वयुद्धको अन्त्य पछि कुनै पनि देशको सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वाकाङ्क्षी हो। यो वृद्धि इन्डो-प्यासिफिक क्षेत्रमा चीनको रणनीतिक उद्देश्यको पारदर्शिता वा आश्वासन बिना भइरहेको छ," प्रतिवेदनमा भनिएको छ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले रक्षा समीक्षाले "भविष्यले हामीलाई आकार दिनका लागि पर्खनुको साटो हामीले भविष्यलाई आकार दिने" र यसमा गरिएका सिफारिसहरूले अस्ट्रेलियालाई "अधिक आत्मनिर्भर, थप तयार र थप सुरक्षित" बनाउने बताएका छन्।

यसले अस्ट्रेलियाको सशस्त्र बलहरूलाई उनीहरूको ध्यान भूमि केन्द्रित सुरक्षा अस्त्रहरूको सट्टा "अस्ट्रेलियामा निर्मित लामो दूरीमा प्रहार गर्न सक्ने क्षमता सहितका अस्त्रहरू"मा केन्द्रित गर्न सिफारिस गरेको रक्षा मन्त्री रिचर्ड मार्ल्सले बताए।

"हामीसँग 'प्रभावकारी प्रक्षेपण' मा संलग्न हुन सक्ने क्षमताको रक्षा बल हुनु आवश्यक छ," मार्ल्सले पत्रकारहरूसँग भने। उनले ५०० किलोमिटर भन्दा बढी दायरा भएका "सही निसाना प्रहार गर्न सक्ने क्षेप्यास्त्र" को अधिग्रहणले सेनालाई "भविष्यमा आवश्यक आक्रमण क्षमता र गतिशीलता" दिने बताए।

सन् २०२२ को एक विज्ञ समूहको प्रतिवेदनले अस्ट्रेलियाली सेनाका लागि "सबैभन्दा नराम्रो अवस्था" को चेतावनी दिएको थियो जसमा चीनले ताइवानमाथि सम्भावित युद्धको क्रममा नजिकैको क्षेत्रको नियन्त्रण लिनसक्ने उल्लेख गरिएको थियो।

अस्ट्रेलियाको नयाँ प्राथमिकताहरूमा लगानी गर्नका लागि सेनाको लागि नयाँ स्व-चलित बन्दुक र सवारी साधनहरू आपूर्ति गर्ने योजनासहित धेरै परियोजनाहरू स्थगित गरिने जनाइएको छ। मार्ल्सका अनुसार समीक्षाले "यस देशमा निरन्तर जहाज निर्माण गर्ने क्षमता"को महत्त्वलाई पनि प्रकाश पारेको छ।

यसले लडाकु विमानका लागि लामो दूरीको जहाज प्रतिरोधी क्षेप्यास्त्र किन्नको लागि पनि सिफारिस गरेको छ। तर नयाँ यूएस बी-२१ राइडर स्टिल्थ बम्बर हालको लागि "उचित विकल्प नभएको" जनाएको छ।

गत महिना अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई २२० क्रुज क्षेप्यास्त्रहरू बेच्न स्वीकृति दिएको थियो जसको मूल्य ८५ करोड ५० लाख अमेरिकी डलर हो। गैर पारमाणविक क्षेप्यास्त्रहरू भर्जिनिया-क्लास पनडुब्बीहरूले प्रयोग गर्नेछन् जुन अस्ट्रेलियाले अस्ट्रेलिया, बेलायत र अमेरिकाले सहमति गरेको ‌ओकस रक्षा सम्झौता अन्तर्गत अमेरिकाबाट प्राप्त गर्नेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending