काठमाडौं । काठमाडौंको आकाशमा फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन विमानस्थलबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएपछि आकाशमै आगोको झिल्का देखिएको विमान दुर्घटना हुनबाट जोगिएको हो ।
विमानमा विस्फोटको आवाज आएपछि केही बेर धादिङको आकाशमै होल्ड भएर विमान गन्तव्यतर्फ लागेको हो। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफडिबी ५७६ भएको विमान उडेको केही बेरमै समस्याग्रस्त बनेको भए पनि विमानमा कुनै क्षति भएन ।
असामान्य अवस्थाको विमानले आकाशमा केहीवेर फन्को लगाएको थियो । पाइलटले विमानलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
विमानलाई फोर्स ल्यान्ड गराउने तयारी भए पनि सुरक्षित रहेको जनाएपछि उडान अनुमति दिइएको थियो। उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको भए पनि आकस्मिक अवतरण भने गर्नुपरेन।
विमानमा आगो देखिएपछि केही समय काठमाडौं उपत्यकामा कोलाहल मच्चिएको थियो । प्राविधिक समस्या देखिएको सो विमानमा १२० विदेशी र ४९ जना नेपाली गरी १६९ जना यात्रु रहेका थिए । काठमाडौंको आकाशमा आगोको झिल्का देखिएपछि सबैतिर चासो बढेको थियो ।
काठमाडौं टावरका एटिसीलाई खबर दिएपछि ९ः२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०ः१ मा खोलिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार आगो नियन्त्रण गर्न विमानस्थलमा ५ वटा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए । फ्लाई दुबईले उड्ने क्रममा चरासँग ठोक्किएर आगोको झिल्का देखिए पनि विमान सुरक्षित तवरले गन्तव्यतर्फ उडिरहेको जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: