Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

आधुनिक शहर नयाँ पुस्तालाई कोसेली : उपप्रधानमन्त्री खड्का

खबरडबली संवाददाता

काठमाडौं।  उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भेरी किनारमा २० वर्षपछि आधुनिक शहर निर्माण हुने बताएका छन्। 

उक्त शहर नयाँ पुस्तालाई कोसेलीका रूपमा हस्तान्तरण गरिने उनले बताए।

आज गुर्भाकोट नगरपालिका सुर्खेतस्थित ‘भेरी गङ्गा उपत्यका नमूनाको आधुनिक शहर परियोजना’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले भेरी नदी किनारमा सुन्दर बस्ती बसाइने जनाए। उनले स्थानीय नागरिकसँगको छलफलपछि मन्त्रिपरिषद्ले गुरुयोजनालाई कानूनका लागि मूर्तरूप दिने जनाए। 

रक्षाका साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका उनले भेरी गङ्गा उपत्यका नमूना आधुनिक शहरको गुरुयोजना निर्माणको काम अगाडि बढाइएको र सोहीअनुसार तीनै तहका सरकारको आपसी समन्वय र सहकार्य आवश्यक रहेको औँल्याए। 

सरकारले आर्थिक वर्ष ०६८÷०६९ को नीति तथा कार्यक्रममा आधुनिक शहर निर्माणको घोषणा गरे पनि करिब दश वर्षपछि आयोजनाको कार्यालय स्थापना गरिएको छ । 

विकास निर्माणका काम गर्दा कम्तिमा एक सय वर्षलाई सोचेर स्थानीय तहहरूले काम गर्नुपर्ने सुझाउँदै उनले गुरुयोजनाबमोजिम स्थानीय तहलाई काम गर्न निर्देशन दिए। उनले भने, “आधुनिक सहर निर्माणका लागि स्वदेशी मात्रै नभई विदेशबाट पनि स्रोत जुटाउँछौँ । बजेट अभाव भएर आधुनिक शहर निर्माणकार्य रोकिने छैन ।” 

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले भेरी गङ्गा उपत्यका नमूनाको आधुनिक शहर गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जनाए।

उनका अनुसार २० वर्षपछि विसं २१०० भित्रमा आधुनिक सहर निर्माणका काम सम्पन्न हुनेछ। नेपालमा निर्माणाधीन अवस्थामा रहेका नयाँ शहरमध्ये भेरी गङ्गा नमूनाको ११औँ शहर भएको जनाउँदै सहसचिव अधिकारीले अन्य दशवटा नयाँ शहरको कार्यालय स्थापना भई काम अगाडि बढेको बताए। 

उनले पहाडी जिल्लाबाट तराईका लागि बसाइँसराइ रोक्न भेरी नदी किनारको आधुनिक शहर महत्त्वपूर्ण भूमिका खेल्ने जनाउँदै यो योजनाले भेरी गङ्गा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समेट्ने बताए। 

भेरी गङ्गा उपत्यका नमूनाको आधुनिक शहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यले करिब रु ४० अर्ब बजेटमा उक्त शहर निर्माण हुने बताए। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending