काठमाडौँ । नेपालले एसीसी मेन्स प्रिमियर कपमा ओमानलाई ८४ रनले पराजित गरेको छ । यससँगै नेपाल प्रतियोगिताको समूह ‘ए’ मा दुई खेलबाट चार अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ ।
जितका लागि ३ सय ११ रनको लक्ष्य पाएको ओमानले ४६।३ ओभरमा सबै विकेट गुमाएर २ सय २६ रन मात्र बनाउन सक्यो । ओमानका अन्तिम ब्याटर अकिब इलियास भने रिटायर्ड आउट भएका थिए । ओमानले कुनै पनि समय लक्ष्य पछ्याउने छाँट देखाएन । उसका लागि मोहम्मद नदिमले बनाएको ६५ रन नै सर्वाधिक उच्च व्यक्तिगत स्कोर रह्यो । उनले ८४ बलको सामना गरेर ७ चौका तथा १ छक्का प्रहार गरे ।
यस्तै सन्दीप गोउडले ५६ बलमा ३ चौका तथा २ छक्काको सहयोगमा ४६ रन बनाए । नेपाली बलरमध्ये सन्दीप लामिछाने सर्वाधिक सफल रहे । उनले ८ ओभरमा ४५ रन दिएर ३ विकेट लिए । सन्दीपले ओमानमा आदिल सफिकलाई आउट गर्दै वान डे क्रिकेटमा आफ्नो सय विकेट पूरा गरे र सबैभन्दा कम खेल खेलेर सय विकेट लिने बलर पनि बने ।
सन्दीपले ४२ खेलमा सय विकेटको कीर्तिमान बनाएका हुन् । त्यसअघि अफगानिस्तानका रसिद खानको नाममा सबैभन्दा कम खेल खेलेर सय विकेट लिएको कीर्तिमान थियो । उनले ४४ खेलमा सय विकेट लिएका थिए । यस्तै करण केसीले ६२ रनमा तीन विकेट हात पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १२:१०
गुल्मी। गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्। वैशाख ११ गतेदेख...
बैशाख १७ गते, २०८३ - १२:००
काठमाडौँ। सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्...
बैशाख १७ गते, २०८३ - ११:५१
काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८...
बैशाख १७ गते, २०८३ - ११:१६
धनगढी। कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको ज्या...
बैशाख १७ गते, २०८३ - १०:५२
रुकुमपश्चिम । पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व ज...
बैशाख १७ गते, २०८३ - १०:३४
ढल्केबर। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थाप...
बैशाख १७ गते, २०८३ - १०:१४
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भ...
बैशाख १७ गते, २०८३ - १०:०८
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भन...
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...


प्रतिकृया लेख्नुहोस्: