कञ्चनपुर । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक÷शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेर विद्यार्थीलाई आग्रह गरेका छन् । जिल्लाको शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने राष्ट्रिय अभियान साकार पार्न विद्यालयका शिक्षकहरु घरदैलो अभियानमा लागेको बताए ।
“हामी विद्यालयको विद्यार्थीको सङ्ख्या बढाउने लक्ष्यका साथ भर्ना अभियानमा लागेका छौँ”, उनले भने, “निःशुल्क र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरी रहेका छौँ ।” उनले कक्षा ८ सम्म आफ्नो विद्यालयमा गत वर्ष एक सय ६० विद्यार्थी रहेको बताए । उनले यस वर्ष दुई सय २० विद्यार्थी भर्ना गर्ने लक्ष्यअनुसार घरदैलो अभियानमा लागेको जानकारी दिए ।
त्यसैगरी जिल्लाका केही सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यम अपनाएर विद्यार्थी आकर्षित गर्न थालेका छन् । अभिभावक तथा विद्यार्थीहरुमा बोर्डिङ स्कुलको आकर्षण रहेका बेला सामुदायिक विद्यालयहरुले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने सुरु गरेर विद्यार्थी आकर्षित गर्न थालेका छन् । सामुदायिक विद्यालयमा पनि बोर्डिङ स्कुलको जस्तै गुणस्तरीय शिक्षा दिनका लागि सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन थालेको भृकुटी माविका शिक्षिका बिमला भट्टले जानकारी दिइन् । “सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोसाक र झोलासमेत उपलब्ध गराउँदैछौँ”, उनले भनिन्, “हामीले विद्यालयको गुणस्तर वृद्धि गरेर तल्लो कक्षामा अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन गर्ने गरेका छौं ।” उनले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या बढ्न थालेको बताइन् ।
यहाँको महेन्द्रनगर माविले पनि यसै शैक्षिक सत्रदेखि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयका शिक्षक नवराज जोशीले पाँच सय विद्यार्थी थप्ने लक्ष्यसहित यस वर्षदेखि अङ्ग्रजी माध्यमबाट पनि कक्षा सुरु गरिन लागेको बताए । “हामीले नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाइ गर्ने भएका छौँ”, जोशीले भने, “अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छौँ ।” उनले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक शिक्षिकाहरु विद्यार्थी भर्ना अभियानमा जुटेको बताए ।
कञ्चनपुरमा दुई सय ५९ सामुदायिक विद्यालयमा ८० हजार एक सय १५ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १२:१०
गुल्मी। गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्। वैशाख ११ गतेदेख...
बैशाख १७ गते, २०८३ - १२:००
काठमाडौँ। सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्...
बैशाख १७ गते, २०८३ - ११:५१
काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८...
बैशाख १७ गते, २०८३ - ११:१६
धनगढी। कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको ज्या...
बैशाख १७ गते, २०८३ - १०:५२
रुकुमपश्चिम । पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व ज...
बैशाख १७ गते, २०८३ - १०:३४
ढल्केबर। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थाप...
बैशाख १७ गते, २०८३ - १०:१४
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भ...
बैशाख १७ गते, २०८३ - १०:०८
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भन...
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...


प्रतिकृया लेख्नुहोस्: