Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन् । स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय बासिन्दासँगै घरपालुवा जनावरलाई टोक्दा रेबिज सर्ने गरेको जनाइएको छ ।

दैनिक कुकुरको टोकाइबाट रेबिज विरुद्धको सुई लगाउन अस्पताल जाने स्थानीय बासिन्दाको सङ्ख्या बढ्दै गएको छ । महाकाली अस्पतालका स्वास्थ्यकर्मीका अनुसार दैनिक रेबिजविरुद्धको सुई लगाउन आउने बिरामीको सङ्ख्या तीनदेखि पाँच जनासम्म हुने गरेको छ । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेश जोशीका अनुसार हालसम्म रेबिजका २१  नमूना परीक्षण गरिएकामा तीमध्ये २० नमूनाको नतिजा पोजेटिभ आएको छ । प्रयोगशालामा आएका नमूनामध्ये अधिकांश कञ्चनपुर, कैलालीका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ३, १२, १३, पुर्नवास नगरपालिकाको वडा नं १, लालझाडी गाउँपालिकाको वडा नं ३, कृष्णपुर नरपालिकाको वडा नं १, शुक्लाफाँटा नगरपालिकाको वडा नं १० मा हालसम्म परीक्षण गरिएका नमूनामा रेबिजका जिवाणु फेला परेको छ । यसैगरी कैलालीको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकाबाट प्राप्त नमूनामा रेबिजका जिवाणु फेला परेको उनले बताए । “रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमबाट यो रोग सर्ने गर्दछ”, उनले भने, “रेबिज रोगको जिवाणुले स्नायु प्रणालीमा असर गर्दछ ।”

अधिकांश व्यक्तिमा रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ । कुकुरसँंगै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरोलगायतका जनावरको टोकाइबाट रेबिज सर्ने गर्दछ । रेबिजका लक्षण देखिएका रोगीको उपचार सम्भव नहुने चिकित्सक जोशीको भनाइ  छ । “यो रोग शतप्रतिशत प्राणघातक रोग हो”, उनले भने, “यसको भरपर्दो उपचार पद्धति अहिलेसम्म विकसित भएको छैन ।”

रेबिज रोकथाम गर्न पशु चिकित्सकको सिफारिसअनुसार घरपालुवा कुकुर र बिरालोलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने उनको सुझाव छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा पानसिंह ठगुन्नाले हालसम्म कञ्चनपुरमा २० बढी घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण देखापरेको बताए । “हिजोमात्रै कृष्णपुर नगरपालिकाको वडा नं २ मा मरेको स्यालको नमूना परीक्षण गर्दा रेबिजको सङ्क्रमण देखापरेको छ”, उनले भने, “पहिला कुकुरले टोकेरमात्रै रेबिज सरेको पाइने गरेको थियो, हाल बहुलाएको स्यालले स्थानीय बासिन्दाका गोठमा बाँधेका घरपालुवा जनावरलाई टोकेर रेबिज सार्ने गरेको पाइएको छ ।”

स्याललले घरपालुवा जनावरको मुखमै टोक्ने भएकाले रेबिज सर्ने सम्भावना शतप्रतिशत हुने गरेको उनको भनाइ छ । स्याल, कुकुरलगायतले टोकेका घरपालुवा जनावरलाई भ्याक्सिन लगाउने कार्य हुँदै आएको उनले बताए । “रेबिजको जोखिम बढ्न थालेपछि छाडा कुकुरलाई नियन्त्रण गर्न स्थानीय तहसँंग छलफल कार्यक्रमलाई अगाडि बढाउने योजना बनाएका छौँ”, उनले भने, “छाडा कुकुर नियन्त्रण गर्न परिवार नियोजन गर्ने र  घरपालुवा कुकुरलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने हुन्छ, त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउनका लागि स्थानीय तहलाई गुहार्दैछौँं, प्राविधिक सेवा विज्ञ केन्द्रबाट उपलब्ध गराउँछौँ ।” स्थानीय तहको स्वीकृतिमा दर्ता गरेरमात्रै कुकुर पाल्न पाइने नियम लागू गरिनुपर्ने उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...

भेनेजुएला भूकम्पमा मृत्यु हुने १८८ पुग्यो, आफन्तको खोजीमा फोटोसहितका सूचना टाँस्न थाले परिवार

काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...

५१ दिनमै नतिजा, तर किन सडकमा उत्रिए कक्षा १२ का विद्यार्थी ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...

राजधानी नजिकै सञ्चार संकट, विपद्का बेला सम्पर्कविहीन बन्छ दक्षिण ललितपुर

ललितपुर । संघीय राजधानीबाट केही दूरीमै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै भरपर्दो मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित छन्। सञ...

विश्वकप : समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर नकआउटमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार बिहान सम्पन्न समूह च...

सप्तरीको बलान बिहुलबाट २ राउन्ड गोलीसहित २ जना पक्राउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु थप सक्रिय भएसँगै आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौ...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending