Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

काभ्रेपलाञ्चोकको खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ । 

आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा पनि आगलागी भइरहेकाले यसको प्रकृतिबारे थप बुझ्दै कारण पत्ता लगाउने प्रयास भइरहेको छ । “आगलागीको कारण खोज्दैछौँ, जङ्गलको आगो बस्तीतर्फ आउनसक्ने बारे आज बिहानैदेखि स्थानीयलाई सचेत गराउन थालेका छौँ”, थिङले भने । 

गत हप्ता तेमाल गाउँपालिकाको ८ र ९ वडास्थित मेच्छे जङ्गलमा लागेको आगो स्थानीय र सुरक्षाकर्मीद्वारा तीन दिनमा नियन्त्रणमा ल्याइएको थियो । उक्त आगलागीबाट निजी वनमा रोपिएको करिब दुई हजार कटहरका बिरुवासमेत नष्ट भएको स्थानीय सुकुमान तामाङले बताए । 

गत चैतमा पनि गाउँपालिकाको केही जङ्गलमा आगलागी भएपछि गाउँपालिकाले सुक्खायाममा आगलागीजन्य सामाग्रीको अत्यावश्यकबाहेक अन्य कामकाजमा प्रयोग नगर्न, आगलागी हुन नदिन तथा त्यसबाट बच्न सचेतनामूलक अपिल गरेको थियो । त्यसबेला आगलागीबाट सबैभन्दा बढी वडा नं ५ स्थित जङ्गलमा रुख, बिरुवा क्षति भएको गाउँपालिकाले जनाएको छ । सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा केही दिनमा आगो नियन्त्रणमा ल्याइएको थियो । 

लामो समयको खडेरीपछि निरन्तर हावाहुरी तथा तापक्रम बढिरहेको अवस्थामा सामुदायिक वन तथा निजी क्षेत्रमा आगलागी हुनसक्ने भएकाले उक्त गाउँपालिकाले सेचत रहन आग्रह गरेको हो । 

यसअघि गत माघ तेस्रो साता धुलिखेल नगरपालिका–९ ठूलीचौरस्थित धोबीखोला सामुदायिक वनमा आगलागी भएपछि सदरमुकामस्थित कालीजङ्ग गणको टोलीले दिनभरको प्रयासपछि नियन्त्रणमा लियो । आगलागीबाट ठूलीचौरमा रहेका विभिन्न जातका रुख बिरुवा नष्ट भएका थिए । जङ्गलसँगै जोडिएको बस्तीमा क्षति पुग्न सक्ने भएकाले नेपाली सेनाको टोलीले जङ्गलमा लागिरहेको आगो नियन्त्रणमा लिने अथक प्रयास गरेको थियो । 

अघिल्लो चैतमा नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर रहँदा निकै तनावको अवस्था सिर्जना गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले आगलागीका घटना हुनसक्ने जनाउँदै पूर्वतयारीसँगै स्थानीय सरकारसँग विपद् व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ । उसले आगो लागिसकेपछि पूर्ण नष्ट नभएसम्म नियन्त्रणमा लिन कठिन हुने भएपछि सबैमा सचेत रहन अपिल गर्दै आएको छ । 

डिभिजन वन कार्यालय धुलिखेलले जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोट बिरुवामा राम्रो फल फल्ने आशा, चोरी शिकारीले जङ्गली जन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको घटनाक्रमले देखाएको छ । सामुदायिक वनमा डढेलो लाग्न नदिन कार्यालयले जिल्लाको विभिन्न स्थानमा चेतनामूलक होर्डिङ बोर्ड राख्नुको साथै डढेलोबाट हुने बेफाइदा, हानिनोक्सानी र कानुनी व्यवस्थाको बारेमा माइकिङसमेत गर्दै आएको जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मी महोत्सवमा मौलिक चाँदीका गहनाको आकर्षण

गुल्मी। गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्। वैशाख ११ गतेदेख...

कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

काठमाडौँ। सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्...

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८...

पानी तान्ने मोटरबाट करेन्ट लागेर महिलाको मृत्यु

धनगढी। कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको ज्या...

निर्वाचन असामान्य छ, गहिरो अध्ययन र अनुसन्धान आवश्यक छ : प्रचण्ड

रुकुमपश्चिम । पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व ज...

बस्ती खाली गर्ने सूचनापछि धनुषाका सुकुमवासी परिवार त्रासमा

ढल्केबर। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थाप...

२४ घण्टामा ट्राफिक कारबाहीबाट २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भ...

हावाहुरीले ठुलो क्षति, विद्युत् सेवा अवरुद्ध

इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भन...

नक्कली जग्गाधनी खडा अभियोग: मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...

तरुण दल अध्यक्ष विद्वान गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending