Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

उपचुनावमा कांग्रेस र एमालेबीच तालमेलको गोप्य प्रयास, बालकोट वार्ता किन भयो असफल ?

खबरडबली संवाददाता

काठमाडौं । वैशाख १० को उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेलको प्रयास कसरत अन्तिम चरणमा भंग भएको छ ।  मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दुई दलबीच सहमति पत्रमा हस्ताक्षर अन्तिम चरणमा रोकिएको हो । 

सहमतिपत्रमा देउवाको हस्ताक्षर लिएर कांग्रेस नेताहरु डा. मिनेन्द्र रिजाल र गोरखा १ बाट निर्वाचित सांसद समेत रहेको राजेन्द्र बजगाई बालकोट पुगेका थिए ।

सहमतिको मस्यौदामा एमाले उपाध्यक्ष बिष्णु पौडेल सहभागी थिए । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि राति बालकोट पुगेका थिए ।

देउवा र ओलीबीचको संवादपछि चितवन २ मा कांग्रेसले एमालेलाई सघाउँने र तनहुँ १ मा एमालेले कांग्रेसलाई सघाउने सहमति भइसकेको थियो । बारा २ को बारे सम्झौतामा उल्लेख थिएन ।

बारा २ को सन्दर्भमा भने कांग्रेसको उम्मेदवार नभएकाले सहमतिपत्रमा उल्लेख गरिएको छैन । दुई दलका प्रमुख नेताबीच कांग्रेसले बारा २ मा एमालेलाई सघाउने अनौपचारिक सहमति भएको स्रोतको दाबी छ। 

देउवाले चितवनका जितनारायणलाई नजित्ने भन्दै एमालेलाई सघाउन आग्रह गरेका थिए तर, उनले मानेनन्।  एमालेले तनहुँमा कांग्रेसलाई सघाउने सहमति नजिक पुगेको थियो। 

देउवाको प्रयासा दुई महामन्त्रीले पनि सकारात्मक रेस्पोन्स दिएनन्। कांग्रेस र एमाले नमिल्दा व्यवस्थामाथि नै संकट उत्पन्न गर्ने खालका गतिविधिहरु भएको र अराजकतालाई राजनीतिक रुपमा दिन थालिएको विश्लेषण गर्दै शीर्ष तहमा यो सहमति आबश्यक भएको नेताहरुको जिकिर थियो । 

विगत तीन दिनदेखि एमाले उपाध्यक्ष पौडेल र कांग्रेसका नेता डा. रिजाल तथा राजेन्द्र बजागाई यो सहमति निर्माणमा खटिएका थिए । कांग्रेसले एमालेलाई सघाएसँगै चितवनमा माओवादीको समर्थन पनि एमालेलाई नै हुने कांग्रेस नेताहरुको दावी थियो ।

ओली र देउवाबीचको यो संवादको बारेमा प्रचण्ड पनि जानकार थिए । तर कांग्रेसभित्रै समस्या भएपछि अन्तिम चरणमा सहमति रोकिएको छ । 

कांग्रेसकै नेताहरुले उपचुनावमा एमालेसँग तालमेल सफल भए बैशाख १० पछि प्रचण्ड प्रधानमन्त्री नरहने भनेपछि माओवादी पंक्ति पनि तरंगित भयो । खासमा यो चलखेल कांग्रेसभित्रको थियो ।

कांग्रेस उपसभापति तथा उपप्रधानमन्त्री पुर्णवहादुर खड्काले एमालेसँग मिल्ने कुरामा कडा आपत्ति जनाए । कांग्रेस र एमालेको प्रयासमा  प्रचण्डसहित माओवादी नेताहरु झल्किएका छन्। 

गठबन्धन भत्काएर एमाले र कांग्रेसको सरकार बन्ने खतरा समेत यसमा समेटिएपछि बालकोटमा मध्यरातमा सहमति हुन नसकेको नेताहरु बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending