Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

चितवन २ मा निशाना साँध्दै कांग्रेस र एमाले, रवि लामिछानेको लोकप्रियता घटेको हो ?

खबरडबली संवाददाता

काठमाडौं । वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचन अन्तर्गत धेरैको ध्यान चितवन निर्वाचन क्षेत्र नम्बर दुईमा चलिरहेको चुनावी अभियानले तानेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्लामा दोस्रो पटक उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सत्ता साझेदार नेपाली कांग्रेस र विपक्षी एमालेले चुनौती ठानेको पाइन्छ।

अघिल्लो चुनावमा लामिछानेले ४९ हजार भन्दा बढी मत ल्याउँदा कांग्रेस र एमालेका उम्मेदवार १४/१४ हजार मतमा सीमित भएका थिए।

छोटो समयमा नै राष्ट्रिय राजनीतिमा हलचल मच्चाउँदै लामिछानेले नेतृत्व गरेको दल चौथो ठूलो शक्तिका रूपमा संसद्‍मा प्रवेश गरेको छ।

नागरिकता विवादमा सर्वोच्च अदालतले सुनाएको एउटा निर्णयसँगै लामिछाने अचानक पदमुक्त भएपछि चितवन निर्वाचन क्षेत्र नम्बर दुईमा उपचुनाव गराउनुपर्ने परिस्थिति उत्पन्न भएको हो।

चुनावी चहलपहल

चितवन क्षेत्र नम्बर दुईमा विभिन्न दलका १२ जना र स्वतन्त्र १२ जना गरी २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

एक लाख २४ हजार भन्दा बढी मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा गएको मङ्सिर ४ मा सम्पन्न आम चुनावमा लामिछाने भारी मत अन्तरले विजयी भएका थिए।

उक्त क्षेत्रमा यस पटक पनि कांग्रेस र एमालेले उम्मेदवारी दिएका छन्। कांग्रेस उम्मेदवारलाई सत्ता गठबन्धनका माओवादी केन्द्र सहितका दलले सघाउने वाचा गरेका छन्।

सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्ने आदेश दिएपछि लामिछानेको सांसद् तथा मन्त्री पद खारेज भएको थियो। अदालतको निर्णयका कारण चितवन क्षेत्र नम्बर दुईमा उपचुनाव हुन लागेको हो।

राजनीतिमा पाइला हाल्ने बित्तिकै लामिछानेलाई जिताएको प्रधानमन्त्रीको गृह जिल्लाको उपचुनावमा देशैभरीबाट चासो बढेको पाइन्छ। अघिल्लो चुनावमा लामिछानेलाई गएको भोट फर्काउन सत्ता गठबन्धनका उम्मेदवार जीत नारायण श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने लागि परेका छन्।

कांग्रेसका जीत नारायण श्रेष्ठले आफू स्थानीय उम्मेदवार भएकाले मतदाताको समर्थन पाउने विश्वास व्यक्त गरे। उनले भने, “म आम दाजुभाइ र दिदी बहिनीहरूको सुख दुखमा साथ दिएर हिँडेको मान्छे हुँ। हिजो एउटा हावाहुरी आएर के के भयो त्यो कुरा छाडिदिऊँ। अब हावाहुरी हावाहुरी नै रहन्छ। यो पालीको निर्वाचन हामीले जित्छौँ।”

एमालेका उम्मेदवार न्यौपानेले पनि मतदाताहरूको समर्थन आफूले पाउने बताए।

उनले भने, “जनतालाई हिजो जुन ढङ्गले भ्रम पारिएको थियो, व्यवहारबाट नै त्यस्ता खालका भ्रमपूर्ण कामहरू पुस्ट्याइँ भइसकेका छन्। उहाँले कुनै खालको काम गर्न सक्नुभएको छैन। भ्रमहरू चिरिएको हुनाले जनताहरू हामी तिरै फर्किनेछन्।”

मत घटाउन चुनौती

चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी गएको थियो। तर सर्वोच्च अदालतको निर्णयले आफ्ना सभापतिको सांसद पद खारेज भएपछि उक्त दल सरकारबाट बाहिरियो।

आफूलाई सुशासनको पक्षधर वैकल्पिक शक्तिका रूपमा उभ्याएको उक्त दल पछिल्लो समयमा आफ्ना एक जना सांसदले रकम मागिरहेको अडिओ टेप सार्वजनिक भएपछि विवादमा परेको छ।

ती सांसदलाई पदमुक्त गर्ने निर्णय सो दलले गरेको थियो। उपनिर्वाचन भइरहेका तीन वटै क्षेत्रमा आक्रामक चुनावी अभियान सञ्चालन गरिरहेको स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले भने उपचुनावमा आफ्नो दलले थप सफलता पाउने बताउँदै आएका छन्।

आफ्नो मत घटाएर देखाउन विपक्षी उम्मेदवारहरूलाई चुनौती दिँदै उनले भने, “यस पटक रविको भोट घट्छ भनेर भनिरहेका छन्। कसरी भोट घट्दो रहेछ? काम गर्न चाहन्छु भन्ने मानिसको भोट घट्छ भने म त्यो स्वीकार गर्न तयार छु।”

आफ्ना निकटतम प्रतिद्वन्द्वीको तुलनामा सवा तीन गुना अर्थात् ४९ हजार भन्दा बढी मत ल्याएर चितवनमा लामिछाने मङ्सिरको आम चुनावमा विजयी भएका थिए।

त्यही भएर अहिलेको उपचुनावमा उनलाई हराउन सत्ता गठबन्धनका लागि सजिलो नहुने कैयौँको आकलन पाइन्छ।

सम्भावित अन्तर्घात रोक्न उम्मेदवारहरूले कोसिस गरिरहँदा आफ्नो गृह नगरमा गठबन्धनको प्रतिष्ठा जोगाउने चुनौती प्रधानमन्त्री प्रचण्ड र उनका सहयात्री दलहरूको काँधमा छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending