Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

एमाले उपाध्यक्ष विष्णु पौडेलले ग्रहण गरे सिस्नु

खबरडबली संवाददाता

धनगढी। पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सुदूरपश्चिममा मात्र मनाइने विशु पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाइनु पर्ने बताएका छन्। 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको विशु पर्व तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई धनगढीमा सम्बोधन गर्दै शुक्रबार नेता पौडेलले यस्तो बताएका हुन।

‘मलाई विशु पर्वका बारेमा थाहा थिएन, इञ्चार्ज कमरेड [लेखराज भट्ट] ले यसका बारेमा भन्नुभयो। अनि यसको महत्व हेर्दा यो सुदूरपश्चिमको मात्र होइन, यो राष्ट्रिय पर्व हुनुपर्छ’ उपाध्यक्ष पौडेलले भने। ‘सिस्नु लगाउनु थेरापी हो। सिस्नुको पोलाईले हानी गर्दैन। यसले शरीरमा नयाँ उर्जाको सञ्चार गर्छ।’

सुदूरपश्चिममा नयाँ वर्षको दिन विशुपर्व मनाइने गरिन्छ। विशुपर्वमा एकअर्कामा सिस्नु छ्याप्ने र वर्षभरी भएको मनमुटाव, नराम्रो कुरा त्यागेर नयाँ उमंगका साथ नयाँ वर्ष मनाउनुपर्छ भन्ने चलन रहेको छ। देशभरी नयाँ वर्ष मनाउने फरक फरक तरिका भएपनि सुदूरपश्चिममा भने सिस्नु छ्याप्दै नयाँ वर्ष मनाइन्छ। 

सुदूरपश्चिमका पहाडी जिल्लामा देवर–भाउजु, साथी साथीले एक अर्कालाई सिस्नु छ्याप्दै विसु पर्व मनाई रहेका बेला, तराईमा पनि यो पर्व सिस्नु छ्याप्दै धुमधामका साथ मनाइएको छ। 

नेकपा एमालेको प्रदेश कमिटीले पनि धनगढीमा सिस्नु छ्याप्दै विसु पर्व मनाएको हो। पार्टीको ‘मिशन ग्रासरुट पनि चलिरहेको छ। कार्यकर्ताबीच एकअर्का प्रतिको मनमुटाव पनि हराओस्, सबैले सबैलाई शुभकामना पनि दिउन भनेर कार्यक्रमको आयोजना गरिएको नेकपा एमालेका प्रदेश ईञ्चार्ज लेखराज भट्टले बताए। 

‘वितेको वर्षभरी भएका तिता कुराहरू बिर्सने गरी विशु मनाइने गरिन्छ। सिस्नु छ्याप्नु आफैमा थेरापी पनि हो। विशुको दिन सिस्नु छ्यापेको व्यक्तिबीच वर्षभरी मनमुटाव हुनुहुँदैन भन्ने मान्ता छ’ नेता भट्टले भने। ‘नेता कार्यकर्ताबीच पनि मनमुटाव हुनुहुँदैन।’

प्रदेश कमिटीले आयोजना गरेको विसु पर्व तथा नया वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले नेता कार्यकर्तालाई सिस्नु छ्यापेर रमाइलो गरेका थिए भने उनले पनि नेता कार्यकर्ताले लगाएको सिस्नु ग्रहण गरेका थिए।

नेकपा एमालेका सुदूरपश्चिम सहईञ्चार्ज कर्ण बहादुर थापाले परम्परादेखि चलि आएको संस्कृति जगेर्ना गर्ने दायित्व पार्टीको पनि भएकाले धनगढीमा प्रदेश स्तरको विशु पर्व मनाएको बताए। 

नयाँ वर्षको दिन सिस्नु नलाए विष हुने, वितेका वर्षका जस्ता दुखकष्ट नयाँ वर्षमा आई रहने मान्यता छ। सिस्नुको पोलाईले शरीरमा नयाँ उर्जा दिने भएकाले पनि पुराना दुःख कष्ट मनमुटाव बिर्सेर नयाँ उमंगका साथ विसु पर्व मनाउने परम्परा रहेको नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए।
छ।
समाजमा झैझगडा भएर बोचचाल बन्द भएकाहरू, मनमुटाव भएकाहरू पनि विसु पर्वका दिन सिस्नु छ्यापेर बोलचाल सुरु गर्ने र मनमुटाव हटाउने प्रचलन छ। रमाइलोका लागि बढी जसो देवर भाउजु र साथी–साथीले एक अर्कालाई सिस्नु छ्याप्दै रमाइलो पनि गर्ने गर्छन्।

विसु पर्वका दिन एकै ठाउँमा भेला भएर सिस्नु छ्याप्ने, नाचगान गर्ने, मिठा मिडा परिकार खाने गरी रमाइलो गरिन्छ। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending