Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

वास्तविक किसानले पाउँदैन सुविधा, कहाँ जान्छन् औषधि ?

खबरडबली संवाददाता

बागलुङ । बागलुङ अधिकांश ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसान छन् । उनीहरुलाई न सरकारबाट पाइने अनुदानको थाहा हुन्छ, न आधुनिक प्रविधिका बारेमा ज्ञान । तर, पनि उनीहरुले सयौँ गाईभैँसी, भेडाबाख्रा पालन गर्दै आएका छन् । 

विशेषगरी जिल्लाको उच्च क्षेत्रमा सबैभन्दा बढी भेडाबाख्रा पालन हुने हुँदा यहाँका किसानको अधिकांश बसाइँ लेकमै हुनेगर्छ । निसीखोला, ढोरपाटन, तमानखोला, गलकोट तथा ताराखोलाका माथिल्लो भेगका पशुपालक किसान रैथाने जातका पशुचौपाया पाल्ने गर्छन् भने उनीहरुले परम्परागत शैलीनै अपनाएका हुन्छन् ।

चैतकै पहिलो सातादेखि लेक चढ्ने र असोज महिनाको सुरुमै बेँसी झर्ने उनीहरुको परम्परा हो । बैसीमा पर्याप्त घाँसपात नहुने हुँदा गोठाला लेकमै बस्ने गर्दछन् । लेकमा बस्दा सामान्य गोठ बनाएर किसानले घाँमपानी छेक्ने र रात बिताउने गर्छन् भने भेडाबाख्रालाई खुल्ला आकाशमुिननै राख्ने गर्छन् । जङ्गलका वन्यजन्तुले पशुचौपायालाई आक्रमण गरेर मारी दिँदा किसानले बेलाबेला लाखौँ रकम नोक्सानी पनि बेर्होर्दै आएका छन् । यता सरकारलेलाई बाली तथा पशु बीमा कार्यक्रम ल्याए पनि त्यसले उनीहरुलाई छुनसकेको छैन । 

सौतिस वर्षदेखि भेडापाल गर्दै आउनुभएका निसीखोलाका वीरबहादुर घर्तीले अहिलेसम्म कुनै पनि निकायबाट सहयोग नपाएको सुनाए। यस क्षेत्रमा एकै परिवारमा एक सयदेखि हजारसम्म भेडाबाख्रा पालन गर्ने गरेका हुन्छन् । 

हरेक वर्ष कृषि तथा पशुपालन किसानका जिल्लामा करोडौँका बजेट आए पनि वास्तविक किसान सेवा लिनबाट बिमुख बनेका छन् । एक हिसाबले धेरै किसानले अव्यवस्थित रुपमा पशुपालन गर्ने गरेको पाइन्छ । घर्तीले समय–समयमा भेडा बिरामी हुने गरेको सुनाउँदै वनमा पाइने बडिबटी कुटेर खुवाउने गरेको बताए । 

अहिलेसम्म पशु अस्पतालबाट औषधि लिएर नखुवाएको उनको भनाइ छ । “धेरै समय वन जङ्गलमै भइन्छ, हिउँ पर्दा बेँसीतिर गइन्छ, त्यसले गर्दा भेडाबाख्रा त्यति धेरै बिरामी परेका छैनन्, पहिले–पहिले बान्ता गर्ने, खोक्ने र झोक्रिने गर्थे, अहिले त्यस्तो समस्या आएको छैन,” घर्तीले भने । उनले भेडाबाख्रा बिरामी हुँदा लेकतिर पाइने गुर्जो गानो मसिनो बनाएर खुवाउनेल गरेको बताए । “१०÷१२ वर्ष पहिले होला बिरामी भएर चालिस वटा भेडाबाख्रा मरेका थिए”, उनले भने।

माथिल्लो क्षेत्रमा पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि आफ्नो मुख्य पेसानै पशुपालन गराएका छन् । निसीखोलाको निसी, भल्कोट, मसालगाउँ, सीप तथा ढोरपाटनको बोबाङ, तमानखोलाको तमानख, खुङ्खानी र नर्जाखानीका अधिकांश स्थानीय परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । मुख्य पेसा नै पशुपालन भएको हुँदा अरुमा यहाँका अधिकांश स्थानीयवासीले अरु पेसालाई प्राथमिकता दिँदैनन् । 

स्थानीय तुलबहादुर बुढा मगरले बाउबाजेले गर्दै आएको पेसा आफूहरुले अङ्गाल्दै आएको बताउन्छन् । उनले भेडाबाख्रा लेकमा हुँदा गोठ छेउमा राख्ने र बेँसी झर्दा बारीमा राख्ने गरेको बताए । उनले भेडाबाख्रा धेरै हुने हुँदा सबैलाई गोठमा राख्न सम्भव नहुने बताए । 

पहिलेको तुलनामा पछिल्लो समय भेडापालक घट्दै गएको उहाँको भनाइ छ । बुढा मगरले अहिले १४ वटा गाई, दुई सय भेडाबाख्रा र सात वटा भैँसीपालन गर्दै आएको छन् । अठ्ठाइस वर्षदेखि पशुपालनमा आवद्ध भएको सुनाउने बुढा मगरले अहिलेसम्म वस्तुभाउलाई कुनै पनि रोगको खोप नलगाएको बताए ।

“मान्छे बिरामी पर्दा त अस्पताल गएको छैन, अस्पतालको औषधि ल्याएर खाएको छैन, के को जनावरलाई औषधि खुवाउने ?”, उनले भने, “म साठी वर्ष पुग्न लागे तर अहिलेसम्म अस्पतालमा गएको छैन, भेडाबाख्रा बेलाबेलामा बिरामी भइ मर्छन तर ओखतीमूलो गरेको छैन ।”

जिल्लामा अहिले पनि धेरै किसानलाई आधुनिक प्रविधिले छुन सकेको छैन । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका सूचना अधिकारी केशव अधिकारीले दूरदराजका किसान तथा पशुपालकलाई आधुनिक प्रविधिसँग जोड्ने गरी काम गर्ने बताए । अहिले बर्सेनि किसानका लागि विभिन्न कार्यक्रम आइरहेको भन्दै धेरै किसानले यहाँबाट सेवा लिइरहेको अधिकारीको भनाइ छ ।

“सबै पशुपालक किसानलाई समेट्ने प्रयास गरेका छौँ, भौगोलिक हिसाबले गर्दा नजिकका सेवाग्राहीले सेवा लिनुभएको छ, टाढाबाट पनि केहीले त ल्याउनु भएको छ, केही छुट्नु भएको छ”, उनले भने । उनले भेडीगोठ लेकमा हुने भएकाले समेट्न गाह्रो हुने भएपनि आफूहरुले प्रयास जारी राखेको बताए । “सबैलाई समेटेर सेवालाई थप प्रभावकारी बनाउन हामीहरु निरन्तर लागि रहेका छौँ”, उनले भने। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु

धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो। निर्वाचनको स्वच्छता, निष्...

रास्वपाको समानुपातिक सूची: बालेनको भागमा ४० जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद सूचीमा बालेन शाह पक्षका ४० जनाको नाम समावेश गर्ने सहमति भएको छ। आइतबार बिहान रास्व...

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

बैङ्कक। थाइल्यान्ड र कम्बोडियाले विवादित सीमाक्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending