झापा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएको छन् ।
सो पार्टीको स्कूल विभाग झापाको आयोजनमा भद्रपुरमा आजदेखि सुरु भएको दुईदिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष नेपालले मुलुकको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याए । “देशको समस्याको पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ”, उनले भने, “त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।”
मुलुकको राजनीतिक कोर्स फेर्न आफूहरूले योगदान गरेको चर्चा गर्दै उनले नेता–कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशनसमेत दिए ।
पुराना पुस्ताबाट अब युवापुस्ताले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै युवापुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । पठन संस्कृतिको विकास गर्दै समाज, देशसँगै अन्तर्राष्ट्रिय कुरा जान्न, बुझ्न कार्यकर्तालाई उनले सुझाव दिए।
पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष झनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडाले प्रशिक्षण दिएको थिए । शनिबार वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धर्मराज पौडेलले प्रशिक्षण दिने पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: