Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

नेता–कार्यकर्ता मुलुकको समस्या समाधान गर्न लाग्नुपर्छ : अध्यक्ष नेपाल

खबरडबली संवाददाता

झापा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएको छन् ।

सो पार्टीको स्कूल विभाग झापाको आयोजनमा भद्रपुरमा आजदेखि सुरु भएको दुईदिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष नेपालले मुलुकको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याए । “देशको समस्याको पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ”, उनले भने, “त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।” 

मुलुकको राजनीतिक कोर्स फेर्न आफूहरूले योगदान गरेको चर्चा गर्दै उनले नेता–कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशनसमेत दिए ।

पुराना पुस्ताबाट अब युवापुस्ताले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै युवापुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । पठन संस्कृतिको विकास गर्दै समाज, देशसँगै अन्तर्राष्ट्रिय कुरा जान्न, बुझ्न कार्यकर्तालाई उनले सुझाव दिए।

पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष झनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडाले प्रशिक्षण दिएको थिए । शनिबार वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धर्मराज पौडेलले प्रशिक्षण दिने पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् आजको मन्त्रिपरिषद्को निर्णयहरु

काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्च पुग्यो, सोमबार छलफल हुने

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...

जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...

स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...

विपक्षी दललाई अर्थमन्त्रीको जवाफ: आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...

भिजिट भिसामा विदेश पठाउने थापाविरुद्ध ३० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई थप तीन दिन म्याद

वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...

नेप्से ६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending