भोजपुर । भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले स्थापना भएको उक्त कार्यालय दुई महिनदेखि प्रमुखविहीन बनेपछि स्थानीयलाई सास्ती भएको छ । जिल्ला सदरमुकामसम्म आउन धेरै समय लाग्ने भएपछि यस भेगमा स्थानीयले नागरिकता, राहदानीलगायत सेवा यही कार्यालयबाट लिँदै आएका थिए । प्रमुख नहुँदा स्थानीय तीन दिनसम्म लगाएर नागरिकता लिनका लागि सदरमुकाम आउन बाध्य छन् । प्रमुख नहुँदा कर्मचारीले तलबसम्म पाउन सकेका छैनन् ।
माघ पहिलो साता शाखा प्रमुख विकेन पौडेल सरुवा भएर गएसँगै कार्यालयको काम ठप्प बनेको हो । सेवा ठप्प भएपछि स्थानीयलाई सास्ती भएको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङका विवेक राईले बताउनुभयो । नागरिकता लिन सदरमुकाम जाँदा समय र पैसा धेरै खर्च हुने उनको भनाइ छ । “इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह नहुँदा हामीलाई सास्ती छ”, उनले भने, “दुर्गम भेग भएकाले यहाँबाट सदरमुकाम पुगेर फर्कन चार दिनसम्म लाग्छ । एउटा नागरिकता लिन जाँदा कम्तीमा एक जना बराबार रु १५ हजार बढी खर्च हुन्छ । चाँडो सेवा सुरु भए हामीलाई राहत हुने थियो ।”
जिल्लाकै दुर्गम क्षेत्रको रूपमा लिइने साल्पासिलिछो गाउँपालिकाका अधिकांश भेगमा सडक पुगेको छैन । इलाका प्रशासनमा प्रमुख नहुँदा दुई महिनादेखि तलबसमेत नपाएको कार्यालयका लेखापाल राजेश दाहालले बताए । यहाँ आठ जनाको दरबन्दी छ । अहिले चार जनाको भरमा कार्यालय सञ्चालनमा छ । इलाका प्रमुख नहुँदा नागरिकलाई सास्ती भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले बताए । यो समस्याका बारेमा सम्बन्धित निकायसँग पहलकदमी गरिरहेको उनको भनाइ छ । “कार्यालय प्रमुखविहीन बन्दा स्थानीयलाई समस्या छ”, प्रमुख उदासले भने, “नागरिकता लिन स्थानीयलाई धेरै समस्या छ । यहाँको समस्या समाधानका लागि नगरले सरोकारवाला पक्षसँग पहल गरिरहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...
फाल्गुन २१ गते, २०८२ - १५:५२
नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले दिएको जानक...
फाल्गुन २१ गते, २०८२ - १५:४५
काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म देशभर करिब ७६ लाख मत खसेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा उक्त संख्यामा मत खसेको निर्वाचन आयोगले जनाएको छ। ब...
फाल्गुन २१ गते, २०८२ - १५:३९
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानदेखि नै मतदाताको उ...



प्रतिकृया लेख्नुहोस्: