Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

खबरडबली संवाददाता

तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको रू एक करोड चौबन्न लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए ।

आठ सय ५८ घरधुरीका करिब चार हजार दुई सय ९० जना आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने उनले बताए । पौडेलका अनुसार अधिकांश आयोजना लिफ्टबाट निर्माण गरिएका छन् भने केही ग्राबिटी प्रणालीका आयोजना छन् । आयोजनाको काम अन्तिम चरणमा पुगेकाले लामो दूरीबाट पानी बोकेर खानुपर्ने समस्याको अन्त्य हुनुका साथै करेसाबारीमा सिँचाइ समेत गर्न सकिने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । इञ्जिनीयर वामदेव पौडेलले भानु नगरपालिका–१० स्थित चेककोट खानेपानी आयोजनाको लागि रू बीस लाख बजेट विनियोजन भएपछि निर्माण सुरु गरिएको थियो ।

ऋषिङ गाउँपालिका–३ को भीरकोट खानेपानी आयोजनबाट एक सय ६०, ऋषिङ गाउँपालिका–८ को घुर्रा छहरा खानेपानीबाट एक सय ६५, व्यास–९ को सतिश्वारा खोपानीबाट एक सय ५० ,बन्दीपुर–२ को पार्चे खानेपानीबाट सत्तरी घरधुरीका बासिन्दा लाभान्वित हुने छन् ।  त्यसैगरी भानुको भीमसेन खानेपानीबाट ५५, शुक्लागण्डकी–२ को हलेदी पिपलतारा खानेपानीबाट ५४, भानु–५ को पोखरीथोक कोलागैरी खानेपानीबाट ६५, बन्दीपुर–१ को भूँडाटार खानेपानी आयोजनाबाट ९० र भीमाद नगरपालिका–४ गिजनडाँडा खानेपानी आयोजनाबाट १७ घरपरिवार लाभान्वित हुने छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै परिवारलाई स्वकीय राख्न एमाले सांसदलाई रोक, शैक्षिक योग्यता पनि अनिवार्य

काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...

सरकारको निष्ठा र नियतमाथि शंका छैन, तर काम गर्ने ढंग अपेक्षाअनुसार भएन: मनिष झा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...

ग्यास कालोबजारी गरे जफत

मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...

उम्मेदवार छनोटमा आर्थिक चलखेल गरे रास्वपाबाट तत्काल निष्कासन हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...

मोबाइल सेवामा सुधार गर्न प्राधिकरणको कडाइ, सेवा प्रदायकलाई आठबुँदे निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...

सर्वोच्चद्वारा मिलन गुरुङ दम्पतीलाई अन्तिम सफाइ

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...

मुदण्डाको घरमा छापा प्रकरण : सूचनाको भेरिफाइमै कमजोरी भएको प्रहरी मुख्यालयको स्वीकार

काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...

भदौदेखि शैक्षिक र पेसागत मागसहित आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...

सीमा अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...

आर्थिक सुस्तता हटाउन निजी क्षेत्रसँग सरकारको छलफल, लगानी विस्तारमा जोड

काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending