Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

प्रचण्डलाई लिङ्देनको कटाक्ष- हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने दिन आयो

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।

देशभित्रै रोजगारी सिर्जना हुने वातावरण सरकारले तयार पार्नुपर्ने लिङ्देनको भनाइ छ। 

उनले फेशबुकमा लेखेका छन्, ‘चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउनुहोस्, जो सम्भव छ। अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्। जो तपाईं स्वयमलाई सबैभन्दा राम्रो थाहा छ।’

मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बानेश्वर पुगेका प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका तीन जनालाई प्रहरीले मुख थुनेको थियो।

यसतर्फ लक्षित गर्दै अध्यक्ष लिङ्देनले भनेका छन्, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौं भन्नुहुने कमरेड पुष्पकमल दाहाल प्रचण्ड, हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीकी छोरीलाई जोडेर कूटनीतिक शिष्टाचारको प्रशंग उठाउनु कति जायज ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादा विपरीत भएका भनिएका कतिपय गतिविधि र भेटघाटले कूटनीतिक प्रोटोकल प...

महिलाको नाममा भू-स्वामित्व बढ्दै

रसुवा । मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा  जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । ...

समीक्षाको बलियो कमब्याक- एकैदिनमा गराइन् ७ वटासम्म गीत रेकर्ड

काठमाडौं । निजी जीवनसँग जोडिएको एउटा स्क्यान्डलले धक्का खाएकी गायिका समीक्षा अधिकारीको करिअरले पुनः एक चोटी यु-टर्न लिन थालेको छ।  एक वर्षसम्म मानस...

ओडिशा रेल दुर्घटना- हेलाराम मलिकले छोरालाई मुर्दाघरमा जीवित भेटेपछि...

काठमाडौं । भारतको ओडिशामा भएको कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा एक व्यक्तिले आफ्ना छोरालाई मुर्दाघरमा जिवितै फेला पारेका छन् । आफ्नो छोराको मृत्य...

तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ, जहाँ भएका थिए १५ जना बेपत्ता

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन्...

नक्कली शरणार्थी प्रकरण- अभियुक्तका पक्षबाट आजदेखि बहस

काठमाडौं । आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ ।हिजो मङ्गलवार सरकारी वकिलको बहस सकिएपछि बुधवारबाट अभियुक्त पक्षका वक...

साउदीको अल इतिहाद क्लबमा बेन्जेमा अनुबन्धित

काठमाडौं । करिम बेन्जेमा साउदी क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका फरवार्ड बेन्जेमा साउदीको प्रो लिग क्लब...

विवाहको पहिलो रातमै बेहुला-बेहुलीकै हृदयघातबाट मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ। विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात ...

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

पोखरा । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सह...

भिरमहको आम्दानीबाट शिक्षकलाई तलब

म्याग्दी । शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका ...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page