Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

उपनिर्वाचनमा बारा-२ मा उपेन्द्रलाई गठबन्धनभित्रबाटै चुनौती

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई उपराष्ट्रपति बनाएर रिक्त हुने उक्त क्षेत्रबाट उपनिर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रवेश गर्न चाहेको चर्चा सुरुदेखि चलिरहेको थियो।

अध्यक्ष यादवले चर्चा चले पनि आफूले उम्मेदवार बन्नेबारे केही नसोचेको बताए। यद्यपि उनको पार्टीका प्रवक्ता मनीष सुमनले अध्यक्ष यादव उम्मेदवार बन्ने सम्भावना अस्वीकार गर्न नसकिने प्रतिक्रिया दिए।

त्यसबारे पार्टीले निर्णय गर्न बाँकी रहेको उनको भनाइ छ। जिल्ला र केन्द्रका कतिपय नेताहरूले भने अहिलेसम्म अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने लगभग निश्चित रहेको बताएका छन्।

जोखिम तौलिन खोजेका हुन्?

बारा-२ सँगसँगै तनहुँ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन हुन लागेको छ। राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकाले तनहुँ र सर्वोच्च अदालतको फैसलापछि रवि लामिछाने निर्वाचित चितवनमा फेर चुनाव हुन लागेको हो।

वर्तमान सत्तागठबन्धनका नेताहरूका अनुसार तीनवटै स्थानमा हुने उपनिर्वाचनमा सकेसम्म संयुक्त उम्मेदवार बनाउनेबारे छलफल हुनेछ। जिल्लाका नेताहरूको प्रतिक्रिया र आकाङ्क्षा अनि सम्भावित उम्मेदवारको राजनीतिक उचाइले त्यसको निधो गर्ने ठानिएको छ।

एक नेताले भने, “सके सहमति होला नभए गठबन्धनभित्र पनि मित्रवत् प्रतिस्पर्धा हुन सक्छ।”

बारा-२ मा हुने चुनावमा गठबन्धनभित्रबाट पाउने समर्थन र सम्भावित जोखिमको आकलन गरेर उम्मेदवारीबारे निर्णय गर्ने उनको दलका एक नेताले बीबीसीलाई बताए।

उपेन्द्रलाई चुनौती

गत मङ्सिर महिनामा भएको निर्वाचनमा बारा-२ बाट पनि उपेन्द्र यादवको नाम उम्मेदवारको रूपमा पार्टीमा सिफारिस भएको थियो। तर उनले सप्तरी रोजे।

जनमत पार्टीका अध्यक्ष सीके राउतले उनलाई ठूलो मतान्तरले पराजित गरिदिए। आफूलाई हराउन "ठूलो षड्यन्त्र र चलखेल भएको" यादवले बताएका थिए।

यादवको चर्चासँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि उम्मेदवारबारे छलफल गरिरहेको छ। उक्त दलका नेता केशव झाले भने, “हामी बारा-२ बाट चुनाव लड्ने नै हो। उम्मेदवार र तालमेलबारे निर्णय गर्न बाँकी छ।”

उपेन्द्र यादव उम्मेदवार बने भने लोसपाले राजेन्द्र महतोलाई उम्मेदवार बनाउनेबारे पनि चर्चा चलिरहेको छ।नेता झाका भनाइमा जिल्ला तहका पार्टीका नेता र कार्यकर्ताहरूले महतोलाई उम्मेदवार बनिदिन आग्रह गरिरहेका छन्।

उनले भने, “तर अब उहाँले कुन रूपमा लिनुभएको छ, उहाँ लड्न तयार भइदिए त पार्टीको निम्ति ठूलो उपकार नै हुने थियो।”

माओवादीको पनि दाबी

कुनै बेला सँगै पार्टीमा रहेका महिन्द्र राय यादवसँग राजेन्द्र महतो सर्लाही-२ मा पराजित भएका हुन्। कुनै बेला दुवै नेता राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलमा थिए।

जनमत पार्टीले पनि उम्मेदवारी दिनेबारे छलफल गरिरहेको बताइएको छ। उपराष्ट्रपति चुनावमा जसपाका उम्मेदवारलाई समर्थन गरी उसले आफ्नै उम्मेदवार उठाएको थियो।

गत आम निर्वाचनमा रामसहाय प्रसाद यादव एमालेसहितको र उनका निकटतम प्रतिद्वन्द्वी शिवचन्द्र प्रसाद कुशवाहा नेपाली कांग्रेससहितको गठबन्धनको उम्मेदवार थिए।

लोसपा पनि तात्कालिक सत्तागठबन्धनमै थियो। यादवले १३,८०० जति मत ल्याउँदा कुशवाहाले १३,४०० जति भोट पाएका थिए। तर जसपाबाटै विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर प्रसाद यादव ११,००० मत ल्याएर तेस्रो भएका थिए।

केही समयअघि उपेन्द्र यादवले उनलाई जसपामा भित्र्याएका छन्। तर माओवादीका कुशवाहाले आफू फेरि उम्मेदवार बन्ने तयारीमा रहेको बताउने गरेका छन्।

जातीय पकड कस्तो?

विसं २०७४ सालको निर्वाचनमा जसपाका रामसहाय प्रसाद यादवले २८,००० मत ल्याउँदा कांग्रेसले १५,००० र माओवादीले १०,००० मत पाएका थिए।

कांग्रेससहितका दलमा भएको विद्रोहका कारण सत्तागठबन्धनका दलहरूको हैसियतअनुसारको मत उम्मेदवारहरूले नपाएको देखिन्छ।

चुनावी राजनीतिमा जातीय मुद्दाले पनि काम गर्ने भएकाले दलको निर्णयकै आधारमा भोट नसर्ने जोखिम विगतका चुनावहरूले देखाएको जानकारहरू बताउँछन्।

गत निर्वाचनमा माओवादीलाई उम्मेदवार बनाउँदा कांग्रेसभित्र विद्रोह हुनुको एउटा कारण त्यो पनि रहेको ठानिन्छ। जसपा र लोसपाले एकअर्कालाई नछाड्ने अवस्थामा माओवादी र कांग्रेसमा पनि विभाजनको लाभ लिने दबाव नेतृत्वमा पर्न सक्ने देखिन्छ।

त्यसैले सत्तागठबन्धनमा रहेका कांग्रेस र माओवादी नेतृत्वले कसलाई साथ देलान् भन्ने कुराले जसपा अध्यक्ष यादव र लोसपा नेता महतोको उम्मेदवारी निर्भर हुनेछ।

गठबन्धनभित्र फुट वा मित्रवत् प्रतिस्पर्धा गर्ने निधो भएमा उनीहरूले नेकपा एमालेको समर्थनको पनि खोजी गर्ने ठानिएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending