टीकापुर । टीकापुर नगरपालिकाको ‘उज्यालो टीकापुर’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान हुन थालेका ‘हाइमास्क लाइट’ले टीकापुरको शान्ति–सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
रातको समयमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि नगरपालिकाको उज्यालो टीकारपुर अभियान शान्ति–सुरक्षाका दृष्टिले निकै उपयोगी भएको स्थानीय प्रकाश चौधरीको भनाइ छ । “हिजो र आजको स्थिति हेर्दा हामीले परिवर्तनको महसुस गरेका छौँ । आज केही स्थानमा भए पनि रातको समयमा उज्यालो हुन थालेको छ”, प्रकाशले भने, “जोखिम भएका क्षेत्रमा उज्यालो बनाउने नगरपालिकाको अभियानलाई स्थानीयले स्वागत गर्नुपर्छ ।”
अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा नगरपालिकाको मुख्य छ स्थानमा हाइमास्क लाइट जडान गर्न लागेको हो । जसमध्ये एउटा लाइट जडानको काम सम्पन्न भइसकेको छ भने अन्य पाँचवटा लाइट जडानको काम भइरहेको नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारूले बताए । अन्य बिजुलीका पोलमा पनि नगरपालिकाले जोखिमको अवस्था हेरेर लाइट जडानको काम गर्दै आएको छ । विशेषगरी टीकापुर बजार क्षेत्रको अवस्था पहिलेको तुलनामा फेरिएको छ । बजारका मुख्य चोकमा उज्यालो हुँदै गएको छ ।
“स्थानीय नागरिकको चाहनाअनुसार उज्यालो टीकापुरको अभियानलाई सार्थक बनाउने काममा लागेका छौँ”, नगरप्रमुख थारूले भने, “विकासका काममा आवश्यकताका आधारमा काम गर्ने उद्देश्य हाम्रो हो । त्यो आवश्यकतामध्ये सार्वजनिक स्थानमा उज्यालो बनाउने कार्यलाई प्राथमिकता दिएका छौँ ।”
हाइमास्क लाइट जडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रू ५४ लाख विनियोजन गरेको थियो । मार्क कन्स्ट्रक्सन जेभीले रू ३४ लाखमा कामको ठेक्का पाएको छ । बजार क्षेत्रमा दुई, टीकापुर खक्रौला सडकखण्डका विभिन्न चौराहमा तीन र टीकापुर पार्कको प्रवेशद्वार नजिएकै एउटा हाइमास्क लाइट जडान गर्दैछ । लाइट जडानको काम चैत मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने छ ।
नगरपालिकाका इञ्जिनियर राजेन्द्र रावलले लाइट जडानको काम अन्तिम चरणमा रहेको बताए। उनले कामको जिम्मा पाएको निर्माण कम्पनीले समयावधिभित्रै काम गर्ने बताउँदै त्यसले उज्यालो टीकापुरको अभियानलाई टेवा पु¥याउने विश्वास व्यक्त गरेको छन् ।
नगरप्रमुख थारूले अन्य क्षेत्रमा सोलारबत्ती जडानको काम पनि सुरु हुने बताएको छन् । उनले सोलारबत्ती जडानका लागि रू १० लाख बजेट रहेको बताउँदै सोलारबत्ती शिविर क्षेत्रमा जडान गरिने बताएको छन् ।
“शिविर क्षेत्र र खुला स्थानमा सोलारबत्ती जडान गर्छौँ । खुला स्थानलाई व्यवस्थित गरी खेलकुद मैदानका रूपमा काम भइरहेकाले पनि त्यहाँ उज्यालो आवश्यक छ”, नगरप्रमुख थारू भन्छन्, “खुला स्थानलाई व्यवस्थित बनाउन आपराधिक क्रियाकलापमा लागेका युवाहरूलाई सुधान गर्न सकिने स्थिति रहन्छ ।”
नगरपालिकाले उज्यालोसँगै सार्वजनिक स्थानमा सिसी क्यामेरा जडान पनि गर्ने भएको छ । शान्ति–सुरक्षाको जोखिम भएका क्षेत्रमा सिसी क्यामेरा जडान गरेर आपराधिक क्रियाकलापलाई रोक्न सकिने विश्वास नगरपालिकाले लिएको छ ।
“पहिलो चरणमा तार जडानको काम सक्छौँ । बढी जोखिम भएका क्षेत्रमा यसै वर्ष सिसी क्यामरा जडान गर्छौ”, नगरप्रमुख थारू भन्न्छन्, “बाँकी आउँदो आर्थिक वर्षमा जडान गर्छौ । टीकापुर सबै दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश हामीले दिनुपर्ने छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: