Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

‘उज्यालो टीकापुर’ अभियानले सार्थकता पाउँदै

खबरडबली संवाददाता

टीकापुर । टीकापुर नगरपालिकाको ‘उज्यालो टीकापुर’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान हुन थालेका ‘हाइमास्क लाइट’ले टीकापुरको शान्ति–सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । 

रातको समयमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि नगरपालिकाको उज्यालो टीकारपुर अभियान शान्ति–सुरक्षाका दृष्टिले निकै उपयोगी भएको स्थानीय प्रकाश चौधरीको भनाइ छ । “हिजो र आजको स्थिति हेर्दा हामीले परिवर्तनको महसुस गरेका छौँ । आज केही स्थानमा भए पनि रातको समयमा उज्यालो हुन थालेको छ”, प्रकाशले भने, “जोखिम भएका क्षेत्रमा उज्यालो बनाउने नगरपालिकाको अभियानलाई स्थानीयले स्वागत गर्नुपर्छ ।”

अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा नगरपालिकाको मुख्य छ स्थानमा हाइमास्क लाइट जडान गर्न लागेको हो । जसमध्ये एउटा लाइट जडानको काम सम्पन्न भइसकेको छ भने अन्य पाँचवटा लाइट जडानको काम भइरहेको नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारूले बताए । अन्य बिजुलीका पोलमा पनि नगरपालिकाले जोखिमको अवस्था हेरेर लाइट जडानको काम गर्दै आएको छ । विशेषगरी टीकापुर बजार क्षेत्रको अवस्था पहिलेको तुलनामा फेरिएको छ । बजारका मुख्य चोकमा उज्यालो हुँदै गएको छ ।

“स्थानीय नागरिकको चाहनाअनुसार उज्यालो टीकापुरको अभियानलाई सार्थक बनाउने काममा लागेका छौँ”, नगरप्रमुख थारूले भने, “विकासका काममा आवश्यकताका आधारमा काम गर्ने उद्देश्य हाम्रो हो । त्यो आवश्यकतामध्ये सार्वजनिक स्थानमा उज्यालो बनाउने कार्यलाई प्राथमिकता दिएका छौँ ।”

हाइमास्क लाइट जडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रू ५४ लाख विनियोजन गरेको थियो । मार्क कन्स्ट्रक्सन जेभीले रू ३४ लाखमा कामको ठेक्का पाएको  छ । बजार क्षेत्रमा दुई, टीकापुर खक्रौला सडकखण्डका विभिन्न चौराहमा तीन र टीकापुर पार्कको प्रवेशद्वार नजिएकै एउटा हाइमास्क लाइट जडान गर्दैछ । लाइट जडानको काम चैत मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने छ । 

नगरपालिकाका इञ्जिनियर राजेन्द्र रावलले लाइट जडानको काम अन्तिम चरणमा रहेको बताए। उनले कामको जिम्मा पाएको निर्माण कम्पनीले समयावधिभित्रै काम गर्ने बताउँदै त्यसले उज्यालो टीकापुरको अभियानलाई टेवा पु¥याउने विश्वास व्यक्त गरेको छन् ।

नगरप्रमुख थारूले अन्य क्षेत्रमा सोलारबत्ती जडानको काम पनि सुरु हुने बताएको छन् । उनले सोलारबत्ती जडानका लागि रू १० लाख बजेट रहेको बताउँदै सोलारबत्ती शिविर क्षेत्रमा जडान गरिने बताएको छन् । 

“शिविर क्षेत्र र खुला स्थानमा सोलारबत्ती जडान गर्छौँ । खुला स्थानलाई व्यवस्थित गरी खेलकुद मैदानका रूपमा काम भइरहेकाले पनि त्यहाँ उज्यालो आवश्यक छ”, नगरप्रमुख थारू भन्छन्, “खुला स्थानलाई व्यवस्थित बनाउन आपराधिक क्रियाकलापमा लागेका  युवाहरूलाई सुधान गर्न सकिने स्थिति रहन्छ ।”

नगरपालिकाले उज्यालोसँगै सार्वजनिक स्थानमा सिसी क्यामेरा जडान पनि गर्ने भएको छ । शान्ति–सुरक्षाको जोखिम भएका क्षेत्रमा सिसी क्यामेरा जडान गरेर आपराधिक क्रियाकलापलाई रोक्न सकिने विश्वास नगरपालिकाले लिएको छ । 

“पहिलो चरणमा तार जडानको काम सक्छौँ । बढी जोखिम भएका क्षेत्रमा यसै वर्ष सिसी क्यामरा जडान गर्छौ”, नगरप्रमुख थारू भन्न्छन्, “बाँकी आउँदो आर्थिक वर्षमा जडान गर्छौ । टीकापुर सबै दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश हामीले दिनुपर्ने छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending