Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

अबको बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित : पूर्णबहादुर खड्का

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित आउने बताएका छन्।  

नेपाली कांग्रेस सुर्खेत गुर्भाकोट नगरपालिकाद्वारा आज आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति खड्काले कम जनसङ्ख्या भए पनि ठूलो भूगोल ओगटेको कर्णाली तथा सुदूरपश्चिम प्रदेश केन्द्रित बजेट आउने बताएका छन् । दुवै प्रदेशका लागि न्यून बजेट विनियोजन हुने सङ्घीय सरकारको यसअघिको परम्परालाई तोडिने उहाँको दाबी थियो । 

“वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेता विसं २०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कर्णालीका भएका चुनावी अभियानमा मैले नै बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न प्रस्ताव गरेको थिएँ”, उनले भने, “यसमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो । अब त्यही मर्म अनुसार काम हुन्छ ।” 

पूर्व गृहमन्त्रीसमेत रहेका उपसभापति खड्काले भेरी नदी किनारमा नयाँ सहर निर्माणको काम सुरु गरिएको बताए। छन्चुदेखि उत्तर जोड्ने सडक चार लेनको बनाउन ठेक्का आह्वान गरिएको उनको भनाइ छ ।

 मदन भण्डारी राजमार्ग कालोपत्र, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको छ ।

उहाँले सरकार बिस्तारका विषयमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र छलफल हुने जानकारी दिनुभयो । उपसभापति खड्काले भने, “राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुन्छ । त्यसपछि मात्र प्रधानमन्त्री दाहाल नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन्छ ।” 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending