Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले संघर्ष चर्काएपछि बैंकको निक्षेप संकलन प्रभावित

खबरडबली संवाददाता

धनगढी । ‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले सङ्घर्ष चर्काएपछि धनगढीका बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन कार्य प्रभावित भएको छ ।

चर्को ब्याजदर बढाएको भन्दै विरोधमा केही दिनदेखि दबाबमूलक सङ्घर्ष गरिरहेका व्यापारीले बिहिबार नो डिपोजिट भन्दै बैंकमा पैसा जम्मा नगरेपछि निक्षेप सङ्कलन प्रभावित भएको हो । 

ब्याजदर घटाउनुपर्ने मागसहित सङ्घर्ष गरिरहेका व्यापारीले बुधबार नेपाल राष्ट्र बैंक धनगढी शाखा घेराउसमेत गरेका थिए ।

बैंकहरूले ब्याजदर चर्को लगाएको व्यापारीको भनाइ छ । चर्को ब्याजदरले व्यापारीमात्र नभई आम सर्वसाधारणसमेत समस्यामा पर्न थालेको उनीहरूको दाबी छ । रकम निक्षेप र भुक्तानी गर्न दैनिक भीड देखिने धनगढीका बैंकहरूमा आज छिटपुट सेवाग्राहीमात्र देखिएका थिए । सुदूरपश्चिम प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घले व्यापारीको सङ्घर्षमा ऐक्यबद्धता जनाएका छन् ।

नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रबन्धक विनोद लेखकले पछिल्लो तीन–चार महिनादेखि देशको आर्थिक अवस्थामा भइरहेको सुधारसँगै ब्याजदर पनि केही कम हुँदै गएको अवस्थामा चर्को ब्याजदर भयो भन्ने तर्क असान्दर्भिक रहेको बताए । 

“बैंकको कस्ट उच्च हुन पुग्दा विगतमा बैंकको कर्जामा ब्याजदर पनि केही बढेको थियो”, उनले भने, “हाल चर्को ब्याजदर छ भन्न मिल्दैन ।” बैंक तथा वित्तीय संस्थाको आधार दर र प्रिमियमका आधारमा ब्याजदर तोक्ने गरिन्छ । औसत निक्षेपमा दिएको ब्याज र औसत कर्जामा लिइने ब्याज स्प्रेडदर (अन्तर दर) चार प्रतिशतभन्दा बढी हुन नहुने नेपाल राष्ट्र बैंकको नीति छ । 

धनगढीस्थित एनआइसी एसिया बैंकका प्रबन्धक जीवन शाहीले देशमा आर्थिक तरलताले समस्या निम्त्याइरहेको बताए। “व्यापार छैन, महँगी बढेको छ, बैंकको कस्ट उच्च छ”, उनले भने, “एक वर्षदेखि नै ब्याजदर बढेको हो, अहिले उच्च पुगेको मात्र हो ।” 

मुद्दतिको ब्याजदर नघटेसम्म एक अङ्कको ब्याजदर पु¥याउन सकिने अवस्था नरहेको बताए। मुद्दती खातामा ११ देखि १२ प्रतिशतसम्म ब्याजदर छ । कर्जामा बढीमा साढे पन्ध्र प्रतिशतसम्म ब्याजदर तोकिएको जनाइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending