Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

गणतन्त्रको मर्मानुसार संगीत, कला र संस्कृतिको विकासमा लाग्नुस् : पर्यटनमन्त्री किराती

रासस

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली संगीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गरेका छन्। 

नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज तीनवटै प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूबीच भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री किरातीले कला संस्कृतिको नयाँनयाँ खोज अनुसन्धान गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्नेमा जोड दिए। 

उनले अहिले प्रतिष्ठान परीक्षाको घडीमा रहेको र परीक्षामा कुनै हालतमा पनि फेल हुन नहुनेमा जोड दिए। उनले भने, “परीक्षामा फेल भइयो भने हामी फेल हुने होइन, राज्य व्यवस्था नै फेल हुने हो ।” उनले सचेत बनेर काम गर्न सुझाव पनि दिए। 

उनले समाजको जरामा बसेर समाजको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै गणतन्त्रको मर्मलाई कदापि भुल्न नहुनेमा जोड दिए। ््

मन्त्री किरातीले समाजवादोन्मुख राज्यव्यवस्था हुने भन्ने संविधानको भावनालाई आत्मसाथ गर्दै त्यहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। नेपाली समाजको विविधतालाई ध्यान दिन आग्रह गर्दै उनले जनताको ज्ञानलाई संरक्षण, विकाससँगै आधुनिकीकरण गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मालगायत तीनवटै प्रतिष्ठानका उपकुलपति, सदस्यसचिव, प्राज्ञसभा सदस्य र प्राज्ञ परिषद् सदस्यको सहभागिता थियो। 

कार्यक्रममा ती प्रतिष्ठानका कुलपतिहरूले तीनवटै प्रतिष्ठान मिलेर साझा कार्यक्रमका साथ अघि बढ्ने सके थप प्रभावकारी हुने भएकाले त्यो अभ्यास गर्न लागिएको जानकारी गराएका थिए। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending