काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।
माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जातिका रुपमा उल्लेख गरे ।
प्रधानमन्त्रीले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मङ्गलबार मनाउने नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसङ्ख्यक सीमान्तकृत जाति सम्पूर्ण माझी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुकका रुपमा उल्लेख गर्दै प्रधानमन्त्रीले विकासका पूर्वाधार, जलविद्युत्, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेसा बिस्तारै लोप हुँदै गएको उल्लेख गरे ।
“माझी जातिले आजको दिनमा विशेष गरेर नदी र पानीको पूजा गरी मनाउन लागेको चाडपर्वले माझी जाति र पानीको सम्बन्धलाई थप उजागर र स्थापित गर्नेछ”, प्रधानमन्त्रीले सन्देशमा भनिएको छ ।
वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ सङ्कल्पित रहेको प्रधानमन्त्री दाहालले सो सन्देशमा भनेका छन् ।
प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायका बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपिल गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: