Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिँदै

खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रुपमा रहेको छ । यहाँ पुरातत्व विभागले करिब रु आठ करोडको लागतमा शिव मन्दिर निर्माण गर्दैछ । 

मन्दिरका पुराना भग्नावशेष भेटिएको भन्दै कलात्मक शिलाको प्रयोगबाट मन्दिर निर्माण गरिँदैछ । आश्रममा करिब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रुपमा रहेको वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम भइरहेको आश्रमका अध्यक्ष पुष्पराज घिमिरेले बताए ।

“गजुर छोडेर ५१ फिट उचाइ र चौडाइ १७ देखि १९ फिट भएको यो मन्दिर पाँच वर्ष अघि उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका ढुङ्गाले निर्माण गरिदैछ”, उनले भने, “मन्दिरको भित्र पुरानो शिव लिङ्ग राखिने छ ।” पहिले महादेव स्थानका रुपमा रहेको यो स्थलमा आदिवासी थारु समुदायले शिख्रौली कुमारवर्ती (परिक्रमा पूजा) सालका वृक्षमुनि केही माटाका प्राचीन मूर्ति राखी चैत शुक्ल पक्षमा पूजाआजा गर्दै आएका थिए । 

विसं २०१६ मा पुनर्वास योजनाअन्तर्गत पहाडी भू–भागमा बसोबास गर्ने व्यक्ति बसाइँसराइ आएपछि भारतको कानपुरबाट खयर सङ्कलन गर्न आउने ठेकेदारलाई अनुरोध गरी शिव मन्दिर स्थापना गरेर सोही समयदेखि नै यहाँ पूजाअर्चना हुँदै आइरहेको छ । विसं २०३५ पछि यहाँको मन्दिरको नाम कैलाश सन्न्यास आश्रम राखिएको अध्यक्ष घिमिरेले बताए । यस स्थानको मन्दिर १३ औँ शताब्दीको भएको पुरातत्व विभागले जनाएको छ ।

“अहिलेसम्म पुरातत्व विभागले आश्रमलाई मन्दिर हस्तान्तरण गरेको छैन”, घिमिरेले भने, “विभागले सम्पन्न भइसकेपछि मन्दिर आश्रमलाई हस्तान्तरण गर्ने छ ।” पूर्व–पश्चिम राजमार्गबाट आठ सय मिटर दक्षिणमा रहेको यस मन्दिरलाई पुरातात्विक, धार्मिक र प्राकृतिकरुपमा पर्यटकीयस्थल बनाउन सकिन्छ । मन्दिरको नजिकै कलकल बगेको नारायणी नदी, नदी पारीको चितवन राष्ट्रिय निकुञ्जमा देखिने गैँडा, बँदेल, मृग, मयुर र नदीमा बसोबास गर्ने विभिन्न चराचुरुङ्गी र गोही देख्न पाइने यस स्थान रमणीय रहेको छ ।

गैँडाकोट–१३ मा रहेको आश्रम परिसरमा सेनकालीन सभ्यता झल्काउने शिव मन्दिर बनाइएको छ । यहाँ ढुङ्गामा कलात्मक हस्तकलाले कुँदिएका करिब एक हजार पाँच सय बढी शिला फेला परेपछि विभागले आफ्नो मातहतमा ल्याएर खोज अनुसन्धान र अन्वेषण गरी मन्दिर बनाउने प्रक्रियामा रहेको छ । चालु आर्थिक वर्षका लागि रु २० लाख बजेट छुट्टिएको छ । अब दुई वर्षमा सो मन्दिरले पूर्णता पाउने अध्यक्ष घिमिरेले बताए ।

स्थानीय बुद्धिप्रसाद न्यूरेले धार्मिक आस्थाको केन्द्र र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा यसलाई विकास गरेर अगाडि बढ्नुपर्ने बताए । “यो मन्दिर र यहाँको महत्व धेरै छ । विशेषत शिव भगवानको आराधना र पूजा गर्दा आफ्नो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वासका आधारमा मन्दिर आउछन्”, उनले भने । 

हाल भग्नावशेषका रुपमा भेटिएका कलात्मक वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम गरिएको हो । गैँडाकोट–१३ का मोहन भण्डारीले पुरातत्व विभागले खोज गरेर अहिले मन्दिर निर्माण सकेको बताउँदै यसको महत्वलाई उजागर गर्नुपर्ने बताए ।

राष्ट्रिय गौरवको रुपमा रहेको यस आश्रमको दुई वर्ष लगाएर उत्खनन गरी पुरातत्व विभागले पुराना र नयाँ शिलाको प्रयोगबाट शिव मन्दिर बनाएको आश्रमका महासचिव नेत्रप्रसाद रिजालले बताए । यसको ऐतिहासक र पुरातात्विक महत्वलाई उजागर गरेर अगाडि ल्याउन काम गरिरहेको रिजालले बताए ।

यहाँ अहिले मठमन्दिर, साधुसन्त बस्ने घर, विभिन्न देवीदेवताका मठमन्दिर, धर्मशाला निर्माण गरिएको छ । नारायणी नदीको कटान रोक्न र मन्दिर सुरक्षित राख्न गण्डकी प्रदेश सरकारले पर्खाल निर्माणका लागि रु ४० लाख विनियोजन गरेको थियो । पर्खाल निर्माण सम्पन्न भएको छ ।

यहाँ रहेको पाँच बिघा भूगोलको अहिलेसम्म गुरुयोजना बन्न सकेको छैन । सिखर शैलीको मन्दिर निर्माण गरिए तापनि किन र के कारणले भग्नावशेषको अवस्था आयो यसको खोज भइरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending