तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बाख्रा फार्ममा आगलागी हुँदा रु ३२ लाख बराबरको पशुधन तथा अन्य सम्पत्तिको क्षति भएको छ ।
सोही ठाउँका बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा आज आगलागी हुँदा सो क्षति भएको हो ।
आगलागीबाट चार बाख्रा जलेर मरेका छन् भने अठार वटा बाख्रा जलेर घाइते भएको प्रहरीले जनाएको छ । बाख्राको गोठ, पराल, दाना, चोकरलगायतका सामन पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी प्रमुख कृष्णबहादुर बानियाँले जानकारी दिए ।
सो फार्ममा ६२ वटा बाख्रा, पाँचवटा भैँसी, चारवटा गाई थिए । प्रहरीका अनुसार राति ०१ः३० बजे लागेको आगो भरतपुर महानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको थियो ।
करिब १४ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र सिङ्गापुर बसेर फर्किएका उपाध्यायले विसं २०७७ साल असारबाट उक्त फार्म सञ्चालन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - ०८:०४
सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...
चैत्र १२ गते, २०८२ - ०७:५४
काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...
चैत्र १२ गते, २०८२ - ०७:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...
चैत्र १२ गते, २०८२ - ०७:४१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...
चैत्र १२ गते, २०८२ - ०७:३९
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...
चैत्र १२ गते, २०८२ - ०७:३७
काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...
चैत्र १२ गते, २०८२ - ०७:२७
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...
चैत्र १२ गते, २०८२ - ०७:२४
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...
चैत्र १२ गते, २०८२ - ०७:१६
बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...
चैत्र १२ गते, २०८२ - ०७:१३
तनहुँ । जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...


प्रतिकृया लेख्नुहोस्: