Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

एमाले प्रदेश कमिटीले गर्‍यो दुर्गा प्रसाईंलाई कारबाहीको सिफारिस

खबरडबली संवाददाता

विराटनगर । नेकपा एमालेको १ नम्बर प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

शनिबार बिहान बसेको प्रदेश कमिटीको बैठकले यस्तो सिफारिस गरेको जानकारी कमिटी संयोजक तुलसी न्यौपानेले दिए । उनका अनुसार प्रसाईंका पछिल्ला गतिविधि पाटी हित विपरित भएकाले कारबाही गर्न केन्द्रमा सिफारिस गरिएको  हो । 

पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गर्न प्रदेशले माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुद्ध जयन्तीमा ओलीको शुभकामना: सबैको अन्तर्मनमा करुणाको दीप बलोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक...

बल्खुमा सुकुमवासी बस्ती हटाउँदा गुम्बा भत्काइयो, स्थानीयको विरोध

काठमाडौं । सुकुमवासी बस्ती हटाउने क्रममा सरकारले बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काएको छ। शुक्रबार बिहान बस्तीमाझ रहेको उक्त गुम्बामा डोजर चल...

बालाजु क्षेत्रका घर-टहरा भत्काइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने अभियानलाई तीव्र बनाएको छ। वडा नम्बर १६ को बालाजु...

अनलाइन प्रणालीमार्फत जग्गा धितो र रोक्का–फुकुवा सेवा सुरु

काठमाडौं ।  सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था सुरु गरेको छ। भूमि व्यवस्था सहका...

बुद्ध जयन्तीमा प्रधानमन्त्री शाहको सन्देश- साँचो क्रान्ति ‘क’ बाट होइन, ‘ज्ञ’ अर्थात् ज्ञानबाट सुरु हुन्छ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्तिका अग्रदूत  बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरे...

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तु। कपिलवस्तु सदरमुकाम तौलिहवा तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तु र गु...

टेकु क्षेत्रमा चल्यो डोजर

काठमाडौँ। शुक्रबार काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासीमा डोजर चलाएको छ । यसअन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुम्बासी बस...

थातथलो सर्दै सौका समुदाय भारतीय अनुमतिको पर्खाइ

दार्चुला। नेपालको दार्चुलामा मात्रै बसोबास रहेको सौका समुदायका मानिस आफ्नो थातथलो सर्ने तयारीमा छन् । पुखौँदेखि चीन र भारतसँग सीमानाका जोडिएको व्यास ग...

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending