Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

वर्तमान सरकारको ध्यान समृद्धि लक्ष्यतिर : उपप्रधानमन्त्री श्रेष्ठ

रासस

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको मुख्य ध्यान समृद्धिको लक्ष्य कसरी पूरा गर्ने भन्नेमा केन्द्रित रहेको बताएका छन्। 

सडक डिभिजन कार्यालय पोखरामा आज मातहतका कार्यालयका प्रमुख एवं कर्मचारीलाई निर्देशन दिँदै उहाँले समृद्धिको प्रक्रियालाई तीव्रताका साथ अघि बढाउँदा मात्र जनताको अपेक्षा र आवश्यकता पूरा हुने उल्लेख गरे।

उनले देशमा समृद्धि हासिल गर्नका लागि भौतिक पूर्वाधार मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी रहेकोसमेत बताए। मन्त्री श्रेष्ठले भने, “हाम्रो मन्त्रालयमा सरकारको पुँजीगत बजेटको एकतिहाइ बजेट छुट्याइएको छ ।  समृद्धिको लक्ष्य हासिल गर्नमा हाम्रो मन्त्रालयको ठूलो जिम्मेवारी छ, त्यो जिम्मेवारी पूरा गर्न जिम्मेवारीवोध गर्नु आवश्यक छ ।  आयोजनाको कार्यान्वयन प्रक्रियालाई तीव्रताका साथ प्रभावकारीरूपमा अघि बढाउनु आवश्यक छ ।”

सबैलाई न्याय र परिणाममा आफू केन्द्रित भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले काम गराउनका लागि भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य गरिने बताए। “पोलिटिकल दबाब र अवाञ्छित प्रभावले कसैको पोष्टिङ र सरुवा हुँदैन । कसैको भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । बरु भनसुन गराउन थाल्नुभयो भने काम बिग्रियो भन्ने बुझे हुन्छ”, उनले भने।

मन्त्री श्रेष्ठले कतिपय विकास आयोजनाको काम सम्झौता भएको १० वर्षसम्म पूरा नभएको आफूले देखेको बताउँदै निर्माण व्यवसायीले काम गरेनन् भनेर मात्र नबस्न र किन काम हुन सकेन भनेर अनुगमन गर्नसमेत कर्मचारीलाई निर्देशन दिए। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending