काठमाडौँ। डढेलो गाउँ पसेर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित डाँडाखर्कका बक्तबहादुर बस्नेतको १३ जनाको परिवार बिचल्लीमा परेका छन् ।
जङ्गलबाट आएको आगोले दुई घर, घरमा भएका लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद रु एक लाख, चार तोला सुन, दुई तोला चाँदी, गुवालीमा राखिएको गाईको एउटा बाछी र एउटा बाख्रा जलेर नष्ट भएको छ ।
स्थानीय आमकासुकसे सामुदायिक वनमा लागेको डढेलोको आगो हावाहुरीले उडाएर छानामा पु¥याएपछि बुधबार साँझ बस्नेत परिवारको घर जलेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीमा बस्नेत परिवारको रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए।
आगलागीपीडित बस्नेत परिवार अहिले छिमेकी गणेश कार्कीको घरमा आश्रय लिएर बसिरहेका छन् । आगलागीपीडित बस्नेत परिवारका लागि सम्बन्धित निकायले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ ।
आगलागीमा बस्नेतको स्कुल पढ्दै गर्ने छोराछोरीको पुस्तक, कापी, कलम तथा विद्यालय पोशाकसमेत जलेर नष्ट भएको स्थानीय बासिन्दा एवं नेकपा माओवादी केन्द्रका नेता तामन राईले जानकारी दिए।
“आगलागीपीडित बस्नेतको श्रीमती, छोराबुहारी र नातिनातिनी गरी १३ जनाको संयुक्त परिवार छन्”, उनले भने, “बाँदरले खाइदिने डरले सबै अन्नपात घरभित्र राख्ने गरेका थिए । जङ्गलबाट उडेर आएको आगोले घरै जलेपछि बिचल्लीमा परेका छन् ।”
आगलागीपीडित परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले रु १० हजार सहयोग रकम उपलब्ध गराएको छ । कोषका हलेसी प्रतिनिधिमार्फत वडाका जनप्रतिनिधिको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको जिल्ला सचिव युगशन किराँतले जानकारी दिए।
आगलागी पीडित बस्नेत परिवारलाई नगरपालिकाको तर्फबाट तत्कालका लागि करिब दुई महिना पुग्ने खाद्यान्नसहित अत्यावश्येक सामग्री उपलब्ध गराइएको उपप्रमुख रमेशकुमार राउतले जानकारी दिए। तत्कालका लागि छिमेकीकामा बसाइएका बस्नेत परिवारलाई पुनःस्थापित गर्न नगरपालिकाले सहयोग गर्ने जनाइएको छ ।
आगलागीपीडित बस्नेत परिवारको सहयोगका लागि राहत सङ्कलन समिति गठन गरेर अभियान सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । आगलागीपीडित परिवारको घर अभेगमा रहेकाले पनि समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: