म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको प्रमुख चुनौतीका रुपमा रहेका पहिराको दिगो रोकथामका लागि अध्ययन थालिएको छ ।
कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको १० ठाउँमा पहिराको भौगर्भिक अध्ययन थालेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो र नदी कटानका कारण स्तरोन्नतिको काम प्रभावित बनेको छ ।
रघुगङ्गा गाउँपालिकाको गलेश्वर, बैसरी, बेगखोला, अन्नपूर्ण गाउँपालिकाको नौलीबगर, जलथले, खामभित्ता, रुप्से, काभ्रेलगायत ठाउँका पहिरो नियन्त्रणका लागि भूगर्वविद् र प्राविधिकहरुको टोली स्थलगत अध्ययन गरिरहेको आयोजनाले जनाएको छ ।
कालीगण्डकी नदीको कटान र पहिराको जोखिम समस्या रहेको ठाउँमा सडकको दीर्घकालीन सुरक्षाका लागि संरक्षणको काम गर्न अध्ययन गरिएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो । “पहिरो रोकथाम र कटान सडकको प्रमुख चुनौती बनेको छ,” उहाँले भन्नुभयो “सडकको दिगोपना र सुरक्षाका लागि पहिरो र कटान नियन्त्रणको थप काम गर्नुपर्ने भएको हो ।”
गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको कालीगण्डकी कोरिडोरअन्तर्गत एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिमा हालसम्म रु ६ अर्ब बजेट सकिएको छ । ७२ प्रतिशत भौतिक प्रगति भएको सडकको थप काम गर्न, सडक कालोपत्र, सुरुङ मार्ग र पहिरो नियन्त्रणका लाग थप रु सात अर्ब बजेट आवश्यक पर्न आयोजनाले जनाएको छ ।
विसं २०७३ मा सुरु भएको आयोजनाको ११ प्याकेजमा सडक स्तरोन्नति गर्न रु सात अर्ब ३५ करोडमा ठेक्का सम्झौता भएकामा छवटा प्याकेजले मात्र पूर्णता पाएको छ । १८ वटा पुल निर्माणाधीन छन् । प्रतिकूल भूगोल, मौसम, कोरोना महामारी र निर्माण व्यवसायीको असक्षमताका कारण विसं २०७६ मा सकिनुपर्ने सडक निर्माण अधुरो रहेको हो ।
बेनी–जोमसोम खण्डको २९ किलोमिटर कालोपत्र भएको छ । जोमसोम–कोरला खण्डको ७५ किलोमिटर ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्ने काम सकिएको छ । विसं २०६४ मा नेपाली सेनाले रु ९० करोड ५६ लाख १० हजारको लागतमा मार्ग खोलेको बेनी–जोमसोम सडक विसं २०७० मा सडक विभागलाई हस्तान्तरण भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: